Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको पनि प्रधानमन्त्री देउवाको भनाइ छ। प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको…
काठमाडौँ: राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा झण्डै २५ अर्बको माग दाबी गरी ४ सय बढी कम्पनी विरुद्ध मुद्धा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने ३१७ जना विरुद्ध १९ अर्व ८१ करोड र विदेशी विनिमय गर्ने व्यक्ति तथा फर्महरु विरुद्ध ४ अर्व ९४ करोड रुपैयाँ माग गरि मुद्धा दायर गरेको विभागका महानिर्देशक राम प्रसाद आचार्यले जानकारी दिए । राजस्व अनुसन्धान विभागका अनुसार गत वर्ष मात्र राजस्व चुहावट तर्फ १ हजार ७३४ जना विरुद्ध उजुरी परेको थियो । जसमा १ हजार १०१ मुद्धा फर्छौट भएका छन् भने ६३३ मुद्धा चालु अवस्थामा रहेको विभागले जनाएको छ । उजुरी परेका मध्य…
काठमाडौँ: दसैँका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले आज (सोमबार)देखि अग्रिम टिकट बुकिङ गर्न पाउने भएका छन्। सरकारले आजदेखि लामोदूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो। यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टसमेत थप गरिएको छ। गोंगबुमा ११ काउण्टर थप गरिएको विभागले जनाएको छ। अब गोंगबुमा टिकट काउण्टर संख्या ३२ पुगेको छ। दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट…
काठमाडौँ: आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नइ सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा आइतबार राति सम्पन्न खेलमा चेन्नइले कोलकातालाई २ विकेटले हराएको हो । कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नइले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नइको १० खेलमा १६ अंक भएको छ । कोलकाता ८ अंक जोडेर चौथो स्थानमा छ ।
काठमाडौँ: नेपाल-चीन सीमा सम्बन्धमा हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन्। समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने मन्त्री खाणले प्रतिबद्धता जनाए। ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनु भएको छ। यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने, ‘अध्ययनमा यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ।’ मन्त्री खाणले विकट स्थानमा…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले असोज ११ गते सोमबार १२ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार ९१ दिनको अवधिको ९ अर्ब १० करोड रूपैयाँ र १८२ दिनको अवधिको ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । ९१ दिनको अवधिको ट्रेजरी बिल पुस १३ गते र १८२ दिनको अवधिको ट्रेजरी बिल चैत्र १५ गते परिपक्क हुनेछ । ट्रेजरी बिल खरीदका लागि बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेभित्र बोलकबोल गर्न सक्नेछन् । उक्त ट्रेजरी बिल असोज १२…
काठमाडौँ: आगामी असोज १५ देखि सुरु हुने एमालेको विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या ५ हजार पुग्ने भएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशन प्रतिनिधि चयन गर्ने मापदण्डका आधारमा प्रतिनिधि चयन हुँदा ५ हजार पुग्ने अनुमान गरेको जानकारी दिए । आइतबार सकिएको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै भट्टराईले सो कुराको जानकारी गराएका हुन् । त्यस्तै बैठकले विधान महाधिवेशनमा पास हुने तीन प्रतिवेदन पारित गरेको छ । राजनीतिक अध्यक्षले, महासचिवले संगठनसम्बन्धी प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित पास गरेको छ । ‘एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या करिब ५…
काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ । यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख…
काठमाडौँ: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ६१.२७ अंक घटेर २७५८.४८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। यस दिन २३३ कम्पनीको ७३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ५० करोड १ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबैको परिसूचक घटेको छ। यस दिन सो…
काठामडौँ: नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए । तीनवटै प्रतिवेदनमाथि १० वटा समूह बनाएर शनिबार छलफल भएको थियो । सो छलफलमा आएका सुझाब तथा प्रश्नबारे अध्यक्ष ओलीलगायत प्रतिवेदन प्रस्तुतकर्ता नेताले जवाफ दिएका थिए । जवाफ दिनेक्रममा अध्यक्ष ओलीले संसद विघटन ठिक रहेको भन्दै बचाउ गरेका थिए । उता ७० वर्षे…
