Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, २१ पुस :ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । तीन दिन सेवा बन्द
काठमाडौँ, २१ पुस (रासस) ःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो । आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ । निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु ९९ करोड नाफा हुने देखिएको छ । निगमले रु १८ अर्ब…
भक्तपुर: मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रण तथा दिगो आर्थिक विकासका लागि निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सातौं निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सकिने धारणा राखे । नेपाल निर्यात परिषदसहित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र भक्तपुर उद्योग वाणिज्य संघले संघले बुधबार भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा पूर्व वाणिज्यसचिव पुरुषोत्तम ओझाले नेपाली वस्तुको उत्पादनमा विविधीकरणसँगै बजारीकरणमा पनि जोड दिनुपर्ने बताए । सरकारले निर्यातयोग्य भनी पहिचान गरेका वस्तुसँगै निकासीको सम्भावना भएका अन्य वस्तुको पनि पहिचान गर्दै निकासी बढाउनुपर्ने उनको भनाइ छ । व्यापार तथा निकासी…
काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
काठमाडौँ: आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । बुधबार राजधानी काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा कुलमान घिसिङले भने, ‘नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ । विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको…
काठमाडौँ: खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि आग्रह गरेको हो । गृहमन्त्री लामिछानेसंगको भेटका क्रममा चेम्बर अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने,‘नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेकोे छ । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौ रुपैया“ राजश्व समेत गुमाईरहेकाछ, ।’ चेम्बरले गृहमन्त्री लामिछानेलाई दिएको सुझावमा भनिएको छ, ‘खुला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फष्टाई रहेको…
काठमाडौं: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनु भएको छ ।अर्थमन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भएपनि हस्तक्षेप नहुने बताउनु भएको हो ।उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायहरुलाई कार्यान्वयन गरेर अघि बढन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीनवटा मुख्य समस्या रहेको जानकारी गराएको छ । जसमा वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव, न्यून राजश्व परिचालन र मुद्रा स्फीति समस्या छन् ।अहिले लगानी योग्य रकम विस्तारै सहज हुँन थालेको, मुद्रा स्फीति…
काठमाडौँ: सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयद्वारा आज जारी गरिएको परिपत्रमा विभिन्न आयोजना, विकास…
काठमाडौँ: सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो । बैठकबारे पत्रकारलाई जानकारी दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भन्नुभयो, “बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन, यो कहाँबाट आयो हामीलाई थाहा छैन, त्यसतर्फ जाने कुनै तयारी पनि छैन ।” सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । गत कात्तिक १ गतेदेखि लागु भएको यो मार्गदर्शन कार्यान्वयनमा सहजीकरण होस् भनेर संशोधन गरिएको राष्ट्र बैंकले जनाएको हो । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनका लागि सरकार र राष्ट्र बैंकलाई निजी क्षेत्रबाट चर्को दबाब थियो । राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ट्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । मुख्यगरी चालु पुँजी कर्जाको समयसीमा र कर्जा रकमको सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा संशोधन भएको उहाँको भनाइ छ । राष्ट्र बैंकको बैंक…
