Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » निर्यातमुखी अर्थतन्त्रको विकासमा जुट्न आग्रह

    निर्यातमुखी अर्थतन्त्रको विकासमा जुट्न आग्रह

    पहिलोक्लिकपहिलोक्लिकJanuary 5, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    भक्तपुर: मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रण तथा दिगो आर्थिक विकासका लागि निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सातौं निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सकिने धारणा राखे ।

    नेपाल निर्यात परिषदसहित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र भक्तपुर उद्योग वाणिज्य संघले संघले बुधबार भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा पूर्व वाणिज्यसचिव पुरुषोत्तम ओझाले नेपाली वस्तुको उत्पादनमा विविधीकरणसँगै बजारीकरणमा पनि जोड दिनुपर्ने बताए । सरकारले निर्यातयोग्य भनी पहिचान गरेका वस्तुसँगै निकासीको सम्भावना भएका अन्य वस्तुको पनि पहिचान गर्दै निकासी बढाउनुपर्ने उनको भनाइ छ ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले निर्यात व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कारणले कमी आएको उल्लेख गर्दैै वस्तु विविधीकरणमार्फत यसलाई बढाउन सकिने धारणा राखे । खनालले निर्यात वृद्धिका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्न सकिने भन्दै यसमा तदारुकता देखाउन आग्रह गरे ।

    निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोखरेलले स्थापनाकालदेखि नै परिषद्ले सरकारसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गरी निर्यात प्रवद्र्धनको माध्यमबाट देशको बढ्दो व्यापार घाटालाई कम गर्न अथक प्रयास गरिरहेको बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारहरुमा देखापरेका विविध समस्याहरुको कारण नेपाली वस्तुहरुको उत्पादन तथा निकासीमा समेत प्रत्यक्ष असर परेको बताए । यस्तै, सरकारलाई नेपालको बढ्दो व्यापार घाटाको वर्तमान अवस्था र देशको व्यापार सन्तुलन कायम गर्न आयात प्रतिस्थापन हुने गरी निर्यात वृद्धि गर्न समेत उनले आग्रह गरे ।

    कार्यक्रमका सहभागी व्यवसायीहरुले नेपालमा उत्पादित वस्तुहरुको प्रतिष्पर्धा क्षमता अभिवृद्धि गरी निर्यात प्रवद्र्धनको माध्यमवाट सम्पूर्ण नेपाली वस्तुहरुको निर्यातमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य रहनुपर्ने धारणा राखे । निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरुको उद्योग प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा, निर्यात प्रवर्द्धन लगायत अन्य विविध पक्षहरुमा जनचेतना मूलक कार्यक्रमहरु संचालन गरी निर्यात बढाउन उनीहरुले माग गरे ।

    हाल निर्यात वृद्धिका समस्याका रुपमा रहेका चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको अभाव सहित चर्को बैङ्गिक व्याजदर तथा .नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटलाई हटाउन माग गरियो ।

    निर्यात वढाउनको लागि सरकारले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्यसहित निर्यात योग्यवस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषि सरह बैङ्गिक व्याज उपलब्ध गराउनु पर्ने माग परिषदले गरेको छ ।

    यस्तै, नेपाली वस्तुहरुलाई छिमेकी मुलुकहरुसंग प्रतिस्पर्धी बनाउन निर्यातमूलक उद्योग व्यवसायको लागि कम्तिमा पनि १० वर्ष सम्म विभिन्न प्रकारका छुट सुविधा उपलब्ध गराउनु पर्ने तथा विभिन्न देशहरुमा रहेका नेपाली दुतावासहरु र कुटनितिक नियोगहरु मार्फत नेपालका निर्यात योग्य वस्तुहरुको व्यापक रुपमा प्रचार प्रसार गराउने एवं विश्वव्यापी मान्यता प्राप्त आधुनिक ल्याब को स्थापना गर्ने माग परिषदको रहेको छ ।

    परिषदको २५ औं वार्षिक साधारण सभा एवं सातौं निर्यात दिवसका अवसरमा पुस २१ र २२ गतेका दिन छायाँ सेन्टर, ठमेलमा नेपाली निकासीयोग्य वस्तुहरुको बृहत मेला तथा प्रदर्शनीको आयोजना गरिने भएको छ ।

    Facebook Comments Box

    निर्यात
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.