Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, ३२ जेठ :सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ ।
काठमाडौँ, ३२ जेठ (रासस): स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग…
काठमाडौं: संसदीय सुनवाई समितिले न्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो । लामो समय देखी कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनीविरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । उनीविरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।
काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा सदस्यबाहेक सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै गणेश कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनको प्रतिस्पर्धी किरण मल्लको उम्मेदवारी खारेज गरेको छ। उनी निर्वाचन रोक्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटन गएका थिए। अदालतमा मुद्दा पनि हाल्ने र उम्मेदवारी पनि दर्ता गरेपछि उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। मल्लले इप्पान, इप्पानका अध्यक्ष, महासचिव र निर्वाचन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। उनले आफूले मनोनय दर्ता समेत गर्न नपाएको भन्दै रिट दायर गरेका हुन्। मंगलबार उनले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएपछि अदालतमा रिट…
काठमाडौँ: नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् । जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आएका उनले सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने, “यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए । “द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा…
काठमाडौँ: वर्षायाम सुरु गराउने मौसमी प्रणाली ‘मनसुन’ नेपाल प्रवेश गरेसँगै काठमाडौं उपत्यका लगायत क्षेत्रमा पानी परेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेश तथा देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको हो। देशभर प्रचण्ड गर्मी भइरहेका बेला भएकाे वर्षाले शीतल महसुस गराएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (जुन १४ तारिख) मा देशका कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश क्षेत्र र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन भित्रिएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस हिसाबले यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। अब…
काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्। बुधबार बिहान माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीसँग उनले यस्तो बताएका हुन्। अहिले सत्ता टिकाउनकै लगि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने शंका उत्पन्न भएकोमा बरु सरकार छाड्ने तर भ्रष्टाचारीलाई उन्मुक्ति नदिने उनले बताएका हुन्। ‘भ्रष्टाचार काण्डमा बरु सरकार छाडेर जनतामा जान उचित हुन्छ, बरु सरकार छाड्न परे परोस्, गलत सम्झौता गर्न हुँदैन भन्ने पक्षमा छौँ,’ प्रधानमन्त्रीले भने। भ्रष्टाचारविरुद्धको अभियान जारी रहने पनि उनले बताए। उनले यतिबेला आफू संसद्मा ‘वन मेन आर्मी’ जस्तो हुनुपरेको बताए। ‘जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको…
बेनी: बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए। बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो। पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो।छयात्तरु किलोमिटर दूरीको बेनी–जोमसोम सडक…
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। हृदयाघात भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। ‘स्वास्थ्य समान्य भएपछि उहाँ डिस्चार्ज हुनुभएको छ’, सचिवालय स्रोतले भन्यो। मंगलबार गंगालाल हृदयरोग केन्द्रमा पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो।