Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केही दिनअघि सचिव राउतलाई विराटनगर जान लाग्दा काठमाडौं एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो। ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा तत्कालीन शाखा अधिकृत रहेका राउतले टिप्पणी उठाएको आरोप सीआईबीको छ।

Read More

काठमाडौँ; नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इञ्जिन सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवावालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिनेछ ।…

Read More

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । यी दुबै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएका छन् । उक्त खेलमा नेपालका बुद्धिबहादुर प्रधान अम्पायरको भूमिकामा छन् । प्रधानसँगै भारत र ओमानका अम्पायर पनि उक्त खेलमा सक्रिय छन् । ४७ वर्षीय प्रधानले हालसम्म ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । इमर्जिङ कपको पहिलो दिन नै अफगानिस्तान र ओमानबीच पनि खेल हुँदैछ । पहिलो दिनको दुबै खेल अहिले…

Read More

काठमाडौँ, २८ असार (रासस) :चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ । “सीता दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एक महत्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो”, शोक सन्देशमा भनिएको छ, “उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।” उक्त पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । जस अन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभी इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित कोशी स्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी शैलेन्द्र थापाले बताए । कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल नेपालको…

Read More

काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन आगामी सेप्टेम्बरसम्म तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ। गत मंगलबार माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु गएका ५ विदेशी पर्यटकसहित ६ जनाको ज्यान जाने गरी मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गरेको हो। नयाँ नियमअनुसार हेलिकप्टर उडानलाई सुरक्षित बनाउन आगामी अढाई महिनासम्म माउन्टेन, सिलिङ र गैरआवश्यक उडानमा रोक लगाइएको हो। उडानलाई सुरक्षित बनाउन यसबाहेक थप ४ वटा निर्णय प्राधिकरणले गरेको छ। जो यस प्रकार छन् : १) हेलिकप्टर र छोटो उडान र अवतरणका लागि दैनिक नियन्त्रण र सुपरीवेक्षण टोली गठन। २) साप्ताहिक समीक्षा गरी सेप्टेम्बरसम्म मनसुनमा एडीटी केन्द्रित उद्धार…

Read More

काठमाडौँ: काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति लिन चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ । काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०–०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो । महानगरकाअनुसार आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने छ । छात्रवृत्ति परीक्षा साउन २० गते बिहान ११ देखि दिउँसो १ बजेसम्म हुनेछ । महानगरले विस्तृत जानकारीका लागि महानगरको वेबसाइट kathmandu.gov.np मा हेर्न अनुरोध गरेको…

Read More

नेकपा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहाललाई राष्ट्रिय सम्मान दिएर अन्तिम बिदाइ गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीसमेत रहेकी उनलाई राजकीय सम्मानका साथ बिदाइ गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको बताइन्। मन्त्रिपरिषद्ले २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनमा सीताले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि जनाएको छ। दाहालको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसाथ गर्न सक्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्-‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’ सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।

Read More

काठमाडौँ। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । जसका लागि अहिले नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीर निकालेर पार्टी कार्यालय लगिएको हो । दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ । दाहालकाे हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।

Read More