Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
इटहरी: धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको आज काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । निमोनिया रोगबाट पीडित ५२ वर्षीय सुब्बाको उपचारका क्रममा निधन भएको धरान उपमहानगरपालिकाले जनाएको छ । तीन वर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका सुब्बा लामो समयदेखि मधुमेह रोगबाट समेत पीडित थिए । नगर प्रमुखमा निर्वाचित भएपछि कामको चापले बढी नै व्यस्त रहनु परेकाले उनमा पछिल्लो समय निमोनियाको संक्रमण देखा परेको बताइएको छ । विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय सुब्बा तत्कालीन नेकपा (एमाले) को धरान नगर कमिटी अध्यक्षसमेत थिए । प्रमुख सुब्बाको शव आजै साँझ हेलिकोप्टरमार्फत धरान ल्याउने तयारी भइरहेको बताइएको छ । प्रमुख सुब्बाको बुधबार…
काठमाडौं: एनसेल प्राईभेट लिमिटेडले मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवाशुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दूरसञ्चार सेवाशुल्क दर लागु हुने घोषणा गरेको छ । नयाँ करको दर कार्यान्वय नगर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डेटा तथाभ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ । दुरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागु गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्यकर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मुल्यमा यहि श्रावण १ गते मंगलबारदेखि नयाँ सेवा शुल्क लागु हुने जनाएको छ । नेपाल…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । हरिभवन भत्काउन र रानीपोखरी पुनःनिर्माणका लागि सँगै बोलपत्र आह्वान गरिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । पुनःनिर्माणको काम छिटो गर्नका लागि हरिभवन भत्काउन आह्वान गरिने बोलपत्र बढीमा एक महिनाको रहने पनि बताइएको छ । २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पका कारण सुन्धारास्थित हरिभवन र रत्नपार्कमा रहेको रानीपोखरीलगायत धेरै ऐतिहासिक सम्पदामा क्षति पुगेको थियो । एक वर्षअघिनै कामपाले हरिभवन भत्काएर अर्को निर्माण गर्ने भन्दै आए पनि पुरातत्व विभागले रोक लगाएपछि उक्त काम अघि बढ्न सकेको थिएन । करीब १०० वर्षको इतिहास भएको तीनतलाको हरिभवनमा…
काठमाडौँ: आर्थिक बर्ष ०७५/७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ । नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो । सरकारले आजदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्न लागेको हो । शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो । सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक शेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा शेयर खरिद वा बिक्री गर्न…
काठमाडौँ: वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ। चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च ५ अर्ब ८३ करोड रुपैयाँ हो। एकै दिन यति ठूलो रकम खर्च भएको मुलुककै इतिहासमा पहिलोपटक हो। सरकारले असार १ गतेसम्ममा पुँजीगत बजेट एक खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेको थियो। असार एक महिनामा मात्र ९६ अर्ब खर्च गरेको छ । यस्तै असार १ गते मा चालु खर्च…
काठमाडौँ: करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने भएका छन् । त्यस्ता कर्मचारीको संख्या काठमाडौंमा मात्र करिब १३ हजार छ । संघ (केन्द्र) देखि जिल्ला र स्थानीय तहसम्मका कार्यालय खारेज र मर्ज भएपछि फाजिलमा परेका करार र ज्यालादारी कर्मचारीलाई हाजिर गराउन नसकिने जानकारी यसअघि नै दिइसकिएको छ । करार र ज्यालादारी कर्मचारीको छाता संगठन अखिल…
काठमाडौँ: नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ । बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् । यहाँ मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ती गाउँपालिकाका शाखाको विद्युतीय स्वीच थिचेर उद्घाटन गरेका हुन् । मन्त्री खतिवडाले ग्रामीण भेगमा गरिएको शाखा विस्तारबाट वित्तीय कारोबार बैंकिङ प्रणालीबाट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकिङ सेवा पुग्न नसकेका स्थान तथा अन्य गाउँपालिकामा पनि सेवा विस्तार गर्न सुझाव दिँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि वित्तीय…
काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणसम्बन्धी छानबिन तथा सुझाव समितिले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष प्रतिवेदन पेश गरेको छ । समितिका संयोजक सूर्यबहादुर रावतले दूरसञ्चार सेवाको गुणस्तर तथा मूल्य र सेवाको उपलब्धतामा गुणात्मक वृद्धि गर्नुपर्ने, ठूलो परिणाममा उठाउन बाँकी रोयल्टी दस्तुर र फ्रिक्वेन्सी दस्तुर यथाशीघ्र उठाउनेलगायत सुझावसहितको प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै मन्त्री बाँस्कोटाले समितिबाट प्राप्त प्रतिवेदन प्राधिकरणको सुधारका लागि महत्वपूर्ण अंग भएको बताए । उनले सो प्रतिवेदनलाई तत्काल कार्यान्वनमा लैजाने बताउनुभएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन, नियमित र व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट भएका कार्य र…
काठमाडौँ: नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाल तथा भारतबीच जारी संयुक्त वक्तव्यमा उल्लेखित ‘इनल्याण्ड वाटर वे कनेक्टिभिटी’ सम्बन्धमा नेपालमा र भारतमा यसका सम्भावना र अवसरहरु सम्बन्धमा छलफल तथा वार्ता गर्न भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डे नेतृत्वमा आएको टोलीसँग जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासे नेतृत्वको टोलीले जल यातायातका विभिन्न आयाम तथा सम्भावनाको सम्बन्धमा…
काठमाडौँ: सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेकोसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि आवासीय तथा अफगानिस्तान र भूटानका लागि गैरआवासीय राजदूत एवं उदयराज पाण्डेलाई मलेसियाका लागि आवासीय तथा इण्डोनेशिया र ब्रुनाईका लागि गैरआवासीय राजदूतमा सिफारिश गर्ने निर्णय गरेको छ । पाण्डे पूर्वराजदूत…