Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: कोशी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०र०८१ को बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिएका छन् । अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन बुधबार नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेश सरकार अल्पमतमा परिसकेको र असार १ गते बजेट ल्याउनै पर्ने…
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परे पछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए
काठमाडौँ: लोक सेवा आयोगले नेपाल वन सेवाका श्रेणीविहीन पदहरुका लागी दरखास्त आह्वान गरेको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै ८ पास गरेकाले आवेदन दिन पाउने गरी २४७ कर्मचारी आह्वान गरेको हो । यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिने छ । दोब्बर दस्तुरमा भने असार २६ गतेसम्म आवेदन दिन सकिने छ । प्रत्येक विज्ञापनका लागि २ सय रुपैयाँ दरखास्त दस्तुर बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि एक सय रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।…
काठमाडौँ: नक्कली शरणार्थी प्रकरणमा मंगलबार एकजना अभियुक्त एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा १० जना वकिलहरुले प्रतिरक्षा बहस गरेका छन्। गत बुधबारदेखि सुरु भएको प्रतिरक्षा बहस ६ दिन बितिसक्दा पनि जारी छ। तर मंगलबार बिहानदेखि भएको बहस लम्बिएपछि पूर्वगृहमन्त्री खाँणका वकिलहरुले अझै एक दिन समय मागेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा मंगलबार पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाँती र नेपाल बार एसोसियनसका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रतिरक्षा गरे। तर, दुवैजनाले आफ्ना कुरा राखिनसकेपछि न्यायाधीश न्यौपानेसमक्ष बुधबार खाजा समयअघिसम्मको समय मागे। दुईजना वरिष्ठ अधिवक्ताले मंगलबार बहस नसकिएको भन्दै समय मागेपछि न्यायाधीश न्यौपानेले अब नसकिने कुरा राखे। खाँणका वकिलले आज बहस नसकेर…
काठमाडौँ:नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन्। मंगलबार भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्ग जस्ता पूर्वाधारको आवश्यकता रहेको बताए। ‘यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, विद्यमान कनेक्टिभिटी पूर्वाधारमा सुधार गर्न र नयाँ पूर्वाधारहरु निर्माण गर्न बिमस्टेकमा रहेका देशहरुले संयुक्त रूपमा लगानी गर्न आवश्यक छ,’ उनले भने। सहज ढुवानीका लागि सडक तथा बन्दरगाह जस्ता भौतिक पूर्वाधारको बृद्धि गर्नु आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य श्रृङ्खलाको विकासमा…
काठमाडौँ, ३० जेठ (रासस) :संयुक्त राष्ट्रसङ्घ, मुख्यालय कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीको अभ्यास विश्वका लागि उदाहरणीय रहेको बताउनुभएको छ । सो अवसरमा सहायक महासचिवद्वय बेर्नार्डाे र मार्था हेलेना लोपेज्, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, नेपाली सेना शान्ति कार्य निर्देशक सन्तोषबल्लभ पौडेललगायतले शान्ति सैनिकले सूचना प्रविधिको क्षेत्रमा प्रयोग गरिरहेको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ:सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।
काठमाडौंरामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले पालिकाहरुसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखेको छ । बत्ति राखेपछि रातिको समयमा ती क्षेत्रहरु झिलिमिलि बनेका छन् । मन्थली नगरपालिमा पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ति जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ ।बसपार्क…
काठमाडौँ: आज (मंगलबार) पनि देशका चारवटा प्रदेशसँगै पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। सोमबारदेखि देशका अधिकांश स्थानमा मौसम बदली तथा वर्षा हुन थालेको हो। जसका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा…
काठमाडौँ: नेप्सेमा पाँचौं कारोबार दिन लगातार वृद्धि हुँदा नेप्से सूचक २ हजार बिन्दु नजिक पुगेको छ । पाँच दिनमा ८५.८८ बिन्दुले नेप्से बढेसँगै सूचक १९८७ दशमलव ८७ बिन्दुमा पुगेको छ । सोमबार ११ः११ मा नेप्से परिसूचक २००३ दशमलव २५ बिन्दुमा पुगेर फर्किएको हो । त्यसपछि क्रमशः ओरालो लागेर कारोबारको अन्त्यमा १९८७.८७ बिन्दुमा नेप्से बन्द भयाे । सोमबार होटल उपसमुहगत सूचक १०.७८ प्रतिशतले बढेको छ । यस्तै उत्पादनमुलक २.०५ प्रतिशत बढेको छ । विकास बैंक ०.५० र हाइड्रोपावर उपसमूहको सूचक ०.३१ प्रतिशतले घटेको छ । नेप्सेमा देखिएको लगातारको वृद्धिले आज पाँच कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । ती…