Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : मुख्य सचिव डा.बैकुण्ठ अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि गर्नु अपरिहार्य रहेको बताएका छन् । उनले पूँजीगत खर्च बढाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उत्पादनमा आधारित भए मात्र अर्थतन्त्र अगाडि बढ्न सक्ने स्पष्ट पार्दै उनले आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे । साथै, मुख्य सचिव डा. अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसङ्घले आज नवनियुक्त मुख्य सचिव डा. अर्यालको कार्यकक्षमा भेट गरी बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो । परिसङ्घका…
काठमाडौँ: नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो । फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ ।
काठमाडौं : बागमती प्रदेश सरकारले आगामी आर्थिकका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको छ । कुल विनियोजन मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७…
दुई जना धरौटीमा रिहा काठमाडौँ:नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका १८ जना अभियुक्तमध्ये दुईजना मात्रै धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको हो। अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएको हो। त्यसैगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र…
काठमाडौं: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । सरकारले आगामी आवको लागि ल्याएको उक्त बजेटमा चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात कुल विनियोजनको ३८.१ प्रतिशत रहेको छ । यस्तै पुँजीगत तर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल विनियोजनको ६०.४ प्रतिशत हो । यस्तै सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ अर्थात् १.५ प्रतिशत, समानीकरण अनुदान तर्फ ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट ४० करोड ८…
दोलखा, रामेछाप र सिन्धुलीको विद्युत् आपूर्तिमा सुधार हुने काठमाडौं: रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२÷३३÷११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३÷११ केभी, ६÷८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएका छन् । ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको…
काठमाडौँ :नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं ठगी गरेको प्रकरणको सबै बहस सकिएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पाँचजना सरकारी वकिल र दुईजना अधिवक्ताले जवाफी बहस सकेका छन्। जवाफी बहस सकिएसँगै अब न्यायाधीश न्यौपानेले यस मुद्दामा आदेश दिने छन्। न्यौपानेले पक्राउ परेका १८ जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने र साधारण तारेखमा छाड्ने आदेश गर्न सक्नेछन्। बिहीबार सरकारी वकिलहरु लक्ष्मण घिमिरे, महेश खत्री, निर्मला मरिसानी, दिनेश भट्टराई, सरकारी वकिल प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गरे। त्यसैगरी जाहेरवालाको तर्फबाट निजी वकिलहरु स्वागत नेपाल र ध्रुवलाल श्रेष्ठले पनि बहस गरे। गत बुधबारदेखि यही बिहीबारसम्म…
काठमाडौँ:नेकपा एकीकृत समाजवादी पार्टी समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ। शुक्रवार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो। बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा सहभागी हुने निर्णय भएको जानकारी दिए। उनले अबको दुई चार दिनभित्रै मोर्चा घोषणा हुने दाबी पनि गरे। समाजवादी मोर्चामा अहिलेसम्म नेकपा एकीकृत समाजवादीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सहभागी हुने निर्णय गरेका छन्। पूर्वमाओवादी घटकबीच एकतै गर्ने योजनासहित केही दल समेटेर समाजवादी मोर्चा बनाउने गृहकार्य दलहरूले गत फागुनदेखि नै गरेका थिए।
‘संगठित अपराधहरु दाउद इम्ब्राइमहरुले गरेजस्तो हुन जरुरी नभएको बताए ‘ काठमाडौँ: जवाफी बहसको आज अन्तिम दिन सरकारी वकिलहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी मुद्दामा प्रतिवादीहरु मुख्य गरी पूर्वमन्त्रीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी, र इन्द्रजित राई र टेकनारायण पाण्डे योजनाका ‘फिक्सर’ रहेको किटान गरे । शुक्रबार जिल्ला अदालत काठमाडौँमा सरकारी वकिलहरुले जवाफी बहस गर्ने क्रममा सो जवाफ दिएका हुन् । जारी बहसमा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे र महेश खत्रीले बहस गरेका छन् । बहस गर्नेको सूचीमा रहेका अन्य दुई जनाले पनि आजै जवाफी बहस सक्नेछन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहसका क्रममा…
काठमाडौँ : संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि शुक्रबार नै सपथ गराउने तयारी भएको छ । सपथका लागि आफुहरु तयारी अवस्थामा रहेको भन्दै समयमै पत्र आइपुगे आजै सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ । प्रवक्ता भट्टराईका अनुसार समितिबाट नाम अनुमोदन भएको पत्र आएको तीन घण्टाको समय राष्ट्रपति कार्यालयका लागि तयारी गर्न लाग्नेछ । उक्त समयमा सपथमा बोलाउनुपर्ने सबै व्यक्तित्वहरुलाई पत्र पठाई बोलाउनका लागि समय लाग्ने भएकाले समयमै पत्र आइपुगेमा शुक्रबार…