Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ। ७५० मेगावाट क्षमताको यो योजना वर्षौँसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो। लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच हालै भएको वार्तामा चिनियाँ कम्पनीले हात झिक्ने संकेत दिएपछि अब प्रतिस्पर्धामार्फत अघि बढाउन लागिएको हो। लगानी बोर्ड स्रोतका अनुसार बोर्डको आगामी बैठकका लागि चिनियाँ कम्पनीसँगको वार्ताका आधारमा प्रतिस्पर्धामार्फत पश्चिम सेती अघि बढाउने प्रस्ताव लैजान लागिएको छ। आजको कारोवार दैनिकमा यो खबर छ, ‘लगानी बोर्ड जहिले पनि प्रतिस्पर्धाको पक्षमा छ, पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताबारे यथार्थताको…
काठमाडौँ: राजधनीको ठमेलस्थित ज्याठामा सुनिलमान स्थापितको घरमा बिहान पौने चार बजे आगलागी भएको छ । पानी तान्ने क्रममा विजुली सट भएर आगलागी हुँदा ट्रेकिङको सामग्री लगायत जलेको र अक्सिजन ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ । बिहान पौने चार बजे ग्यास बिस्फोट भएपछि शुरु भएको आगलागी पौने पाँच बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । महानगरी प्रहरी वृत दरवारमार्गका डीएसपी दान बहादुर मल्लका अनुसार कुनै पनि मानवीय क्षति नभएको र भौतकि क्षतिको विवरण भने आउन बाँकी रहेको बताए ।
पोखरा: पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ ।…
काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ आज हालसम्मकै कमजोर भएको छ । आज एकै दिन प्रति डलर एक रुपैयाँ १५ पैसाले कमजोर हुँदा रुपैयाँ इतिहाँसकै कमजोर हुन पुगेको हो । बिगत केहि हप्त्तादेखि नेपाली रुपैयाँ डलरसामू दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आज मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११६.२३ रुपैयाँ र खरीद दर ११५.६३ रुपैयाँ तोकेको छ । सोमबार प्रति डलर ११५. ८ रुपैयाँ थियो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू…
काठमाडौँ: नेपाली युवा स्टार सन्दिप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा खेल्न भएका छन्। सोमबार युएईको दुबईमा भएको ड्राफ्टमा सन्दिपलाई ५ मध्ये एक फ्रेन्चाईज टोली नान्गहरले एसोसिएट खेलाडीका रुपमा लिएको थिए। सन्दीपको नाम सिल्भर खेलाडीमा रहे पनि त्यसमा उनीमाथि भाउ लागेको थिएन। त्यसपछि आएको एसोसिएटको सूचीमा उनलाई रायन टेन डेस्काथेपपछि दोश्रो नम्बरमा ५ सेकेन्डभित्र लिइएको थियो । एसोसिएट खेलाडीका रुपमा खेल्न लागेका सन्दिपले १५ हजार दल पारिश्रमिक पाउने छन्। सन्दिपले आफ्नो एजेन्टमार्फत एपीएलमा दर्ता गरेका थिए। एपीएलको ड्राफ्टमा पर्नका लागी एजेन्ट वा सम्बन्धित देशको बोर्डको सफरिस लिनुपर्ने हुन्छ। नेपाली क्रिकेटका कप्तान पारस खड्का र अर्का अलराउण्डर सोम्पाल कामी पनि सोमबारको…
चितवन :नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।
काठमाडौँ: नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ । पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् । प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलार्ई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको स्रोतको दावी छ । त्यसैगरी पूर्व एमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको स्रोतको दावी छ । कुन–कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा…
काठमाडौँ: शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिनुभयो । दुई जनाले पाँच÷पाँच किलो सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुलाई गोरखा प्रहरीले सोमबार गोरखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ‘उनीहरु दुवैले सुन चिनियाँ नागरिकको हो भनेका…
काठमाडौं: र्यापर लाउरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकारहरु ‘डिप्लो’ र ‘मो’ सँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ । अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए । उनी डेनमार्कका लोकप्रिय कलाकार ‘मो’ सँग फेरि आएका छन् । उनीहरुको सहकार्यमा ‘स्टे ओपन’ नामक ट्र्याक रचना भएको छ भने स्थानिय नेपाली संस्करणको लागि लाउरे र बिपुलले उनीहरुको लागि ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्दहरु पुनःलेखन गरेका छन् । केही महिनासम्म स्टुडियोमा एक अर्काको विचार र धारणाहरु साटासाट गरेपछि, टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ । यस वर्षको अभियानबारे…
काठमाडौँ :न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब १९ हजार ५०० रुपैयाँ बाट २९ हजार ५०० रुपैयाँ र सञ्चार खर्च गरी ३० हजार ५०० रुपैयाँ पु¥याइएको अध्यक्ष गङ्गाधर पराजुलीले जानकारी दिए । समितिले सञ्चार प्रतिष्ठानको क्षमता, श्रेणी र तहलाई समेत आधार बनाएर पारिश्रमिकमा पुनरावलोकन गरेको हो । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष डा सुरेश आचार्यको संयोजकत्वमा गठित पारिश्रमिक पुनरावलोकन कार्यदलले…