Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन निर्देशन गरेका हुन् । उनले भने, “दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ । कर्मचारी सङ्ख्या पनि पर्याप्त छ । विषयगत कर्मचारीको अभाव हुनसक्छ तर मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ छ । ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस् । अब हामीले सुशासन दिनैपर्छ ।” प्रधानमन्त्री ओलीले…
काठमाडौँ :नेपाल राष्ट्र बैंकले ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री भदौ २६ गते जारी गर्न लागेको हो । जम्मा ४ अर्ब २६ करोड रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि २०७५ भदौ २५ गते अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको ट्रेजरी बिल २०७५ कार्तिक २५ गते र ३६४ दिने अवधिको ट्रेजरी…
भीमदत्तनगर: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउएका छन् । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताए । महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उनले भने, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उहाँले आग्रह समेत गरे । सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट सुरुवात हुन गइरहेको…
काठमाडौं: सरकारले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झालाई नै नियुक्त गर्ने निर्णय गरेको छ । प्राधिकरणको अध्यक्षबाट हटाएको दुई महिनापछि फेरी सरकार आफैंले झालाई त्यही पदमा नियुक्त गर्ने निर्णय गरेको हो। हिजो बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले २० असारमा शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयविरुद्ध झा रिट हालेपछि सर्वोच्च अदालतले नहटाउन अन्तरिम आदेश पनि दियो । तर, झा आफैंले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिएका थिए ।
नयाँ दिल्ली: भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो । झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ । पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो । ‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्शन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेका हुन् । सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानूनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले…
बनेपा: अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले विहिबार आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष्णहरि अधिकारी, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने २९ वर्षीय रामेश्वर सिलवाल, जिल्ला रामेछाप खाँडादेबी गाउँपालिका–१ का ३५ वर्षीय टेकबहादुर विक, काठमाडौँ महानगरपालिका–२८ का ४२ वर्षीय धननारायण तण्डुकार, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई हाल मकवानपुर बस्ने २८ वर्षीय रञ्जन सिलवाल र जिल्ला मकवानपुर पालुङ–७ का गाडी चालक ४२ वर्षीय नकुल कार्की रहेका छन् । जिल्ला…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसाँै शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । ‘नतिजामुखी प्रशासन ः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उनले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गरेका छन् । सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले…
काठमाडौँ: लालपुर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै प-यो । तर, अब भने प्रश्न पैदा भएको छ । लालपुर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ ।यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई । बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिएका छन् । नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको हो । मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो । प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका…
काठमाडौँ: मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् । यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् । हाल मलेसिया प्रायद्वीपमा न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरुका लागि ९२० रिंगिट कायम छ…
काठमाडौँ: गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् । भने छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए । कालीले दुध खुवाईन् । डिस्चार्ज भएपछि घर गईन् । घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै डाईपर निकाल्दा खाती दम्पती छक्क परे । अस्पतालमा शिशुलाई आमाको दुध खुवाउने बेलामा नर्सहरुले खाती दम्पतीकी छोरीलाई त्यहीँ राखेर अर्को शिशु दिएका थिए, जुन शिशु सोही दिन…