काठमाडौं: सरकारले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झालाई नै नियुक्त गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको अध्यक्षबाट हटाएको दुई महिनापछि फेरी सरकार आफैंले झालाई त्यही पदमा नियुक्त गर्ने निर्णय गरेको हो। हिजो बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले २० असारमा शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय गरेको थियो ।
सरकारी निर्णयविरुद्ध झा रिट हालेपछि सर्वोच्च अदालतले नहटाउन अन्तरिम आदेश पनि दियो । तर, झा आफैंले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिएका थिए ।
Facebook Comments Box