Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री गरेका छन् । रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा किसानले विकको नर्सरीमै पुगेर बिरुवा खरीद गरेका हुन् । उनले चार हजार कागतीका बिरुवासमेत बिक्री गरेका छन् । प्रतिबिरुवा २० देखि २५ रुपैयाँ सम्ममा बिक्री हुन्छ । “बिरुवा सबै बिक्री हुने भएकाले नर्सरीतर्फ उत्साहित छु”, उनले भने । कृषि सेवा केन्द्रमार्फत तालीम लिएर नर्सरी स्थापना गरेका…

Read More

ललितपुर: राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ । यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ । चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताए । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ । राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ । राणाकालमा बनेका पुराना खोरमध्ये अहिले भालुको खोर एउटा मात्रै बाँकी छ । उनि भन्छन् , “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउनेलाई देखाउनका लागि राखेका हौँ ।” चिडियाखानामा सूचना प्रविधि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको प्रमुख खरेलले बताए ।…

Read More

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ । यस आवभित्र पाँच हजार ४०० व्यापारिक फर्मको अनुगमनको लक्ष्य राखेको प्रवक्ता ढुण्डीराज पोखरेलले जानकारी दिए । बजार अनुगमनका क्रममा मूल्यसूची, बिलविजक, खरिद बिल राख्न व्यवसायीलाई निर्देशन दिइएको छ । नियम विपरीत व्यवसाय सञ्चालन गरेका ८० वटा फर्मलाई व्यवसाय बन्द गराइएको छ । २९ वटा फर्मको कारोबार रोक्का गरिएको छ । अनुगमनमा कतिपय…

Read More

फलेवास: गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेका छन् । सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर परिचालन गर्ने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ । ट्राफिक प्रहरीका निमित्त प्रमुख काशीनाथ चौधरीका अनुसार डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर…

Read More

तेह्रथुम: हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ । वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन् । ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ । जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता लालीगुराँस नगरपालिकाको लसुने नजिकै दुर्घटना भएपछि पुनः जिल्लाका लागि पेट्रोलियम पदार्थ भित्र्याउन नसकेको व्यवसायी चन्द्रशेखर सुवेदीले बताए । हिलाम्मे सडकका कारण ठूला ट्यांकरले तेल ल्याउन नमान्ने र साना गाडीबाट ढुवानी गर्दा नोक्सान हुने भएकाले पर्याप्तरुपमा डिजेल र पेट्रोल उपलब्ध…

Read More

काठमाडौँ: सरकारले चीनसँग गर्ने भनिएको व्यापार तथा पारवहन सम्झौताको ‘प्रोटोकल’ सम्बन्धी वार्ता र हस्ताक्षरका लागि अख्तियारीसहित नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय लिएको सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । प्रधानमन्त्री चीन भ्रमणका बेला तयारी नपुगेको भन्दै सो बारे चीनमा सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन र प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले पनि संसदलाई जानकारी गराउँदै सो बिषयमा एक महिनाभित्र नेपाल सरकारले सम्पूर्ण तयारी सक्ने बारे जानकारी गराएका थिए । सम्झौतामा हस्ताक्षर भएमा नेपाल र चीनबीच दुई देशीय पारहवन सहजीकरण हुनेछ । यसैगरी बैठकले प्रतिनिधिसभामा…

Read More

काठमाडौँ: स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उहाँलाई अस्पतालमा पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए । “अनशनस्थल नै जोखिमपूर्ण भएको र उनको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ,” डाइरेक्टर रोकायाले भन्नुभयो । डा केसीलाई अस्पताल पु¥याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले उनीसंग भेट गरेका थिए । स्वास्थ्यजस्तो संवेदनशील…

Read More

काठमाडौं: सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेका नियुक्ती खारेज गरेको छ । २०७४ भदौदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका सवै नियुक्ती खारेको निर्णय भएको छ । मन्त्रिपरिषद्को बुधबारको बुलेकाको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । ओली नेतृत्वको सरकार फागुन ३ गते गठन भएको थियो । यो हिसावले सात महिनाका नियुक्ती खारेज भएका छन् । नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान परिषद्, बोर्ड समिति, कम्पनी वैक वा अन्य संस्थामा मन्त्रीपरिषद भएका सवै नियुक्ती खारेज भएको मन्त्रीपरिषद्को निर्णयमा छ…

Read More

पहिलोक्लिक समाचारदाता काठमाडौं ः गएको चार दिनदेखि भएको अविरल वर्षाका कारण देशभरमा हालसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी पहिरो तथा विभिन्न प्राकृतिक प्रकोपबाट १८ जिल्ला प्रभावित भएको छ । केन्द्रका उपसचिव शंकरहरि आचार्यका अनुसार हिजो र आज ५ बजेसम्ममा छ जनाको ज्यान गएको जानकारी सरकारलाई प्राप्त भएको छ भने हिजोको ५ बजे अघिसम्म बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या २२ मात्र थियो । बाढी प्रभावित जिल्लाहरुमा कैलाली, बाँके, बर्दिया, दाङ, सर्लाही, सिरहा, पर्सा, मकवानपुर, काठमाडौं, नुवाकोट, काभ्रे, तनहुँ, सिन्धुली, उदयपुर, चितवन, महोत्तरी, रोल्पा र बारा रहेका छन । प्राकृतिक प्रकोपबाट…

Read More

सुर्खेत: मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ । यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिए । मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र प्रदेश कोरनुल निवासी पासपोर्ट नं. एम.०९०१३०३ का ५६ वर्षीय विनिता सञ्जय खिदाकर रहेको र उनको मृत्यु चीनको डोरपाकमा भएको प्रहरी नायब निरीक्षक चन्दले बताए । उहाँका अनुसार मृतक खिदाकरको शवपरीक्षण ताक्लाकोटमा गरी निजको छोरा केटन सञ्जय खिदाकरको मञ्जुरीनामा अनुसार मंगलबार हुम्लाको हिल्सास्थित कर्णाली नदीको किनारमा दाहसंस्कार गरिएको छ । त्यस्तै, असार १८ गते भारत…

Read More