Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार हुँदै गएको देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो । बोर्डले यो वर्ष अनिवार्य गणित, अनिवार्य अंग्रेजी र विज्ञान विषयको स्तरीकृत प्रश्नपत्र प्रणालीबाट परीक्षा लिइएको थियो । माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्यामा बढी देखिएको छ भने तल्लो ग्रेडको नतिजा कम देखिएको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि चार जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेका छन् । जुन ४.६३ प्रतिशत हो । २०७८ को नतिजा अनुसार ३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जना रहेका थिए । जुन…

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन्। ४ ग्रेड ल्याउनेहरु ४ दशमलव ६३ छन्। गत वर्षभन्दा दोब्बर धेरैले ४ ग्रेड ल्याएका हुन्। गत वर्ष ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए। २०७९ गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीकासहित ४ लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए। प्राविधिकतर्फ १५ हजार…

Read More

काठमाडौं: राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो । देश विकासको लागि मानव संशाधन विकासको महत्वलाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा गर्ने कार्यलाई अगाडि बढाएको हो । यसका लागि आयोगका सदस्य डा. पौडेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, संघीय मामिला मन्त्रालय साथै विश्वविद्यालय तथा नेपाल उद्योग वाणिज्य महासंघ, निजी क्षेत्रका विद्यालय लगायतका प्रतिनिधि सदस्य रहने गरी निर्देशक समिति गठन गरेको थियो । निर्देशक समितिमा निजी क्षेत्रका तर्फबाट महासंघका…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले उनले गत सोमबार दिएको एक विवादास्पद अभिव्यक्तिको बचाउ गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य प्रचण्डले सरदार प्रितम सिंहसँगको सम्बन्धबारे दिएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गरिएको बताएका छन्। उनको विज्ञप्तिमा सिंहसँग प्रचण्डको पुरानो पारिवारिक सम्बन्ध रहेको र त्यही क्रम दिल्लीस्थित आफ्नो घरमा जाँदा प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख छ। जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको, प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७/०६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने भन्दै बैठक अवरोध गर्ने जानकारी राष्ट्रिय सभा अध्यक्षलाई दिए । उनले भने, ‘यो खालको आचरण गर्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिएर मार्ग…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिएको विवादित अभिव्यक्तिलाई लिएर बुधबार रोकिएको प्रतिनिधिसभाको बैठक दुई दिनलाई स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाउन भूमिका खेलेको विवादित अभिव्यक्ति दिएको विरोधमा बुधबार एमालेसहितका दलहरुले संसद्‍मा अवरोध गरेका थिए। एमालेसहितको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टालाई स्थगित गरेका थिए। तर बैठक अघि बढाउने विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि सभामुख घिमिरले बैठक दुई दिनलाई स्थगित गरेका हुन्। ‘बुधबार आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल…

Read More

काठमाडौँ:प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा चाहिएको बताएका छन्। राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टीकरण थियो। प्रधानमन्त्री दाहालले केही दिनअघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद बैठक अवरुद्ध पारेका थिए। त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पष्टीकरण नभई राजीनामा नै आफ्नो पार्टीलाई चाहिएको बताए। ‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन। नराम्रो गर्दैगर्दै आएर अब राष्ट्रिय स्वाभिमान, स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान,…

Read More

काठमाडौँ: घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयरमा लगानीकर्ताले आवेदन सच्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले निष्काशनमा देखिएका कैफियतका सम्बन्धमा अनुसन्धानलाई निरन्तरता दिँदै आर्थिक वर्ष समाप्तिको अवस्थालाई हेरेर थप ३ दिन भित्र सबै आवेदकले आवेदन रद्ध गर्न वा विद्यमान आवेदनलाई निरन्तरता दिन सक्ने व्यवस्था गरेको हो । ३ दिन भित्र सबै आवेदकले आवेदन संशोधन वा रद्ध गरिसकेपछि थप ७ दिन सेयर निष्काशन गर्न दिने निर्णय पनि बोर्डले गरेको छ । सेयर बिक्री नभएको अवस्थामा १५ दिनसम्म सेयर निष्काशन गर्न सक्ने यस अघिको व्यवस्था अनुसार ३ दिन आवेदन सच्याउन र सो पश्चात थप ७ दिन सेयर निष्काशन गर्न…

Read More

काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् । उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’ उनले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न समेत आग्रह गरे । डा. महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै सजग समेत बताए । अर्थ…

Read More

काठमाडौँ: गुण्डा नाइके समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषि रहेको ठहर गरेको थियो। सजाय निर्धारण बुधबार भएको हो। अदालतले उनीसहितका अभियुक्तहरुलाई दोषी ठहर गरेको छ। हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ। हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैदको फैसला भएको छ। समीरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।…

Read More