Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: लगानी बोर्डको ५४ औं बैठक बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि भारतीय कम्पनी सतजल विद्युत निगम (एसजेभीएन) सँग भएको सहमतिको अन्तिम मस्यौदा स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसको बैठकले तल्लो अरुण जलविद्युत आयोजना विकासको जिम्मा एसजेभीएनलाई दिने सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय गरेको छ। बोर्डको ५३ औं बैठकको निर्णय अनुसार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरु सदस्य रहेको वार्ता समितिले (एसजेभीएन)सँग चरणबद्ध रुपमा वार्ता गरी सहमति सहितको पिडिएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको हो ।…
बुटवल: बुटवलको लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालन हुनुअघि मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको छ । भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनाइएको छ । कामाख्या मन्दिर दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए । सप्ताहव्यापी पूजाआराधनामा बुटवलसहित रुपन्देही, पाल्पा र अन्य नजिकका जिल्लाबाट भक्तजनहरु आउने गौतमले जानकारी दिए । सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितले प्रवचन दिँदै छन् । कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत,…
काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्मा शंकास्पद अनियमिततासम्बन्धी उठेको विषय रेकर्डबाट हटाउनु विडम्बना भएको बताएका छन्। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा हालिएको सुनको जलहरीमा अनियमिततासम्बन्धी दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएकामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार जलहरीसम्बन्धी भनाइ संसद्को रेकर्डबाट हटाइएको थियो।
काठमाडौँ: भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल हुनेछ। पहिलो चरणमा दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेतालगायतसँग छलफल गर्नेछन्। दोस्रो चरणमा कूटनीतिक परामर्शको तयारी गरिएको छ। दिउँसो ३ : ३० बजे पूर्व परराष्ट्रमन्त्रीहरु तय भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन्।
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्। संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। शनिबार रातिसम्म बसेको प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेपछि भोलिपल्ट आर्थिक सर्वेक्षण पेस गर्न लागिएको हो। सरकारले नीति कार्यक्रम र आर्थिक सर्वेक्षणमा टेकेर भोलि आगामी वर्षको बजेट ल्याउनेछ।
काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ अर्थिक वर्षको बजेट पास गरेर जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्। चारदिने भ्रमणको औपचारिक निर्णय भई भ्रमण तालिका पनि सार्वजनिक भएको छ। भारतले प्रधानमन्त्री दाहालको भारत भ्रमण-तालिका सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकर भेटघाट गर्नेछन्। भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ। औपचारिक कार्यक्रममा अतिरिक्त प्रधानमन्त्री दाहालले उज्जैन र इन्दौर…
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् । ‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन ।’…
काठमाडौं: प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति भएको छ । आज बिहान बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकले सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्ति हटाउने सहमति भएको हो । संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो । छलफलमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी…
काठमाडौँ: पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन टुंगोमा नपुग्दै त्यसलाई प्रभावित पार्ने प्रयास भएको छ । पशुपति क्षेत्र विकास कोषका बहालवाला र तत्कालीन पदाधिकारीसहितको मिलिभगतमा जलहरीको करिब ११ केजी सुन गायब पारिएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । अख्तियार उच्च स्रोतका अनुसार जलहरी प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । तर, यसलाई लिएर प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसद आरोप–प्रत्यारोपमा उत्रिएका छन् । माओवादी सांसद लेखनाथ दाहालले बुधबार संसद् बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुन भनेर पशुपतिको ज्योतिर्लिङ्गमा पित्तलको जलहरी राखिएको बताएपछि एमालेले शुक्रबार त्यसको प्रतिवाद गरेको हो । जलहरी सुन कि पित्तलबाट बनेको भन्ने…
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउने भएका छन् । राजधानी वीरेन्द्रनगरको घण्टाघरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी हुन शाह सुर्खेत आउन लागेका हुन् । उनी अहिले बाँकेको नेपालगन्जमा रहेका छन् । दिउँसो २ बजे उनी त्यहाँबाट प्लेन चार्टर गरेर वीरेन्द्रनगर आउने छन् । वीरेन्द्रनगर विमानस्थलमा झरिसकेपछि धमला चोक हुँदै कर्बड हलको पछाडि हुँदै कार्यक्रम स्थलमा सहभागी हुने छन् । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ । अभिनन्दन कार्यक्रम पश्चात् उनी देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको पुरीले जानकारी दिए । पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन…