Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को पदाधिकारी प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले समस्याग्रस्त अर्थतन्त्र सुधार्न आफू प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका हुन् । उनले भने, “तपाईहरुको मनाबल घट्न दिन्न तपाईहरुसँग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु ।” प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्रीलाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ गर्दै विभिन्न सुझाव दिएको हो । भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु…
विश्वव्यापी रुपमा देखिएको कोरोना पछि आएको आर्थिक मन्दीका कारण देश अहिले आक्रान्त त । देशमा आर्थिक क्रियाकलाप ठप्पजस्तै छन् भने मागका गिरावट आउँदा उत्पादन समेत विक्न छाडेका छन् । तर अहिलेकै अवस्थामा उद्योगी व्यवसायीहरु नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा होमिएका छन् । महासंघको अब आउने नयाँ नेतृत्वको काधमा व्यवसायीक हकहिकमा काम गर्दै देशको अर्थतन्त्र समेत सवल बनाउनु पर्ने दायित्व पनि उत्तिकै छ । देशको अर्थतन्त्र, व्यवसायिक समस्या र महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर कृषि, पर्यटन, उत्पादनमुलक, उर्जा, बैंक तथा वित्त निर्यातलगायतका एक दर्जनभन्दा बढी उद्योग व्यवसायमा संलग्न सफल उद्यमी महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फबाट उपाध्यक्षका उम्मेदवार हेमराज ढकालसँग गरिएको कुराकानीको…
काठमाडौं: हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का रक्षणिक वर्षाको सम्भावना रहेको छ। उता राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र…
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल शनिबार साँभ अस्पताल भर्ना भएका छन्। राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्। ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
काठमाडौँ: पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ: नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई गति दिने गरि प्रभावकारी काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार अर्थ मन्त्रालय पदाभार ग्रहण गर्ने क्रममा पत्रकारसँग प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन्। खर्च कटौती गर्ने दिशामा काम गर्ने उनले बताए। राजस्वको आधार बढाउन सकिएको खण्डमा खर्च गर्ने क्षमता पनि बढाउन सकिने भन्दै महतले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि उपयुक्त बतावरण निर्माण गर्ने बताए। अहिले अर्थतन्त्र समस्यामा रहेकाले अप्ठ्यारोमा परेको परिवारले जस्तैगरी काम गर्ने उनले बताए। खर्च गर्नेपर्ने क्षेत्रमा मात्रै गर्ने र खर्च गर्न नहुने क्षेत्रमा खर्च कटौति गर्ने बताएका छन्। ‘अहिले हाम्रो साधारण खर्च बढी छ। पुँजीगत खर्च हामी गर्न सकेका छनौँ। राजस्वभन्दा…
काठमाडौँ: खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्। शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।
काठमाडौँ: नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बनेका छन्। जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन्। लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका छन्। यस्तै माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटका नयाँ सदस्यहरुको शपथ दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासले १० दलीय गठबन्धनबाट नियुक्त हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजे गराउने गरी तयारी थालेको हो। राष्ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथ गराउने गरी तयारी थाल्न मुख्यसचिवसहितलाई निर्देशन दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका एक सदस्यले मन्त्रीहरूको शपथ ३ बजे गराउने गरी आवश्यक तयारी भएकोबताए। मन्त्रिपरिषद विस्तार र शपथग्रहणबारे शुक्रबार बिहानै राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले भेटेर फर्किसकेका छन्। सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २-२ तथा जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आमजनता पार्टीले…
काठमाडौँ: नेपाल भेटेरिनरी एशोसिएसनको आफनै स्वामित्वको नयाँ भवन निर्माण हुने भएको छ। आज एक कार्यक्रमका बिच उत सस्थाको भवनको शिलान्यास गरिएको छ । नागार्जुन नगरपालिका वडा नं ४ वाफलमा एक कार्यक्रमका विच हिन्दु परम्परा अनुसार शिला पुजा गरी र ताम्रपत्र अनावरण गरी एशोसिएसनका केन्द्रिय अध्यक्ष डा सितलकाजी श्रेष्ठले भवनको विधिवत शिलान्यास गरेका हुन् । करिब ११ आना जग्गामा निर्माण हुने भवन आर्थिक वर्ष २०८१। ८२ सम्ममा निर्माण सम्पन्न हुने जनाइएको छ । चार तले बहुद्धेश्यिय उत भवन निर्माणको लागि हालै वोलपत्र आह्वान समेत भएको छ । शिलान्यास कार्यक्रममा ब्राहमणबाट स्वस्ती वाचन गरिएको थियो भने कार्यक्रममा करिब १०० जना अग्रज पशु…