Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा दोषी भीआईपी र भीभीआईपी जो भए पनि कारबाही हुने बताएका छन्। बिहीबार बसेको संसद् बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रमम उनले यस्तो बताएका हुन्। ‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने विषयमा निष्पक्ष छानबिन हुन्छ। नेपाल प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हस्तक्षेप भएको छैन, गरिने छैन र हुन दिइने छैन’, उनले भने, ‘कानुनअनुसार दोषीलाई कारबाही हुन्छ। दोषी कोही नउम्कियुन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार सचेत छ।’ उनले यो गम्भीर अपराधमा संलग्न कोही नउम्किने पनि बताए। ‘यस प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन भइरहेको छ। निष्पक्ष तटस्थ र व्यवसायिक रुपमा छानबिन भइरहेको छ’, उनले…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकुहरूको शिविरमा अर्बौं भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा छानबिन गर्न र दोषी देखिए आफैं जेल जान समेत तयार रहेको उनले बताएका छन् । संसदमा बिहीबार भएको प्रश्नोत्तरमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ८ हजार ४६० जना पूर्व लडाकुका नाममा राज्यकोषबाट अर्बौं रकम भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन गर्न तयार हो भनेर प्रश्न गरेका थिए । जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोप मात्र भएको बताए । शान्ति सम्झौता भएर…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने उनको प्रतिवद्धता छ । गत वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ मा राखेकी थिइन् ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसमेत नागरिकता विधेयकको विषयमा के गर्ने भन्ने विषयमा अध्ययनमा रहेको बताए । सरकारले उक्त विधेयकका…
लिस्बन, ४ जेठ (रासस) :पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिनुभयो । शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिएका थिए । राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ । राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक…
काठमाडौँ: सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कंदै गर्दा आरोही फूर्वा सेर्पाको मृत्यु भएको छ। सफा हिमाल अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको दुःखद निधन भएको नेपाली सेनाले जनाएको छ। उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको पनि सेनाले जानकारी दिएको छ। यस्तै, सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न रही सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दिपेन्द्रसिंह खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीहरु समेतको सहयोगमा क्याम्प २ सम्म ल्याइ थप उपचारको लागि काठमाडौं पुर्याइएको छ। सह सेनानी खत्रीसँगै अन्य तीन जनालाई पनि उपचारको लागि काठमाडौं ल्याइएकोमा हाल सबैको अवस्था सामान्य रहेको…
काठमाडौं: प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आज बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने कार्यक्रममा रहेको छ। हालसम्म २० जना सांसदले आफ्नो प्रश्नबारे सभामुख देवराज घिमिरेलाई लिखित जानकारी गराएका छन् । तर तीमध्ये १५ जना सांसदले मात्रै प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्न इच्छुक सांसदले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक सुरु हुनु तीन दिनअघि सभामुखलाई गराउनुपर्नेछ । यो व्यवस्था अनुसार २० जना सांसदले सभामुखलाई आफ्नो प्रश्नबारे लिखित जानकारी गराएका संघीय संसद सचिवालयले जनाएको छ । ‘प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्रजना सदस्यले मात्र प्रश्न सोध्न…
काठमाडौँ: नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद मिलेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १४ जनालाई थप दिन हिरासतमा राख्ने अनुमति बुधबार जिल्ला अदालत काठमाडौंले दिएको हो। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, नेपाल सरकारका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी…
काठमाडौं: समाचार लेखेकै विषयलाई लिएर एक अराजक समुहले हिमालय टाइम्स राष्ट्रिय दैनिकका आर्थिक व्यूरो प्रमुख पत्रकार लेखनाथ पोखरेललाई ज्यान मार्ने धम्की दिएको छ । सो दैनिकको कार्यालयमा २ जना प्रबेश गरि सोमबार साँझ जथाभाबी बोल्दै जे पायो त्यही समाचार लेख्ने तँ हैन ? यसरी समाचार किन लेखेको ? जस्ता प्रश्न गर्दै अन्त्यमा ज्यान समेत तलमाथी पारिदिनु पर्ला नी बिचार पु¥याएर लेख्ने ?’ भन्दै धम्क्याएको पत्रकार पोखरेलले बताएका छन् । पत्रकार पोखरेलका अनुसार सिन्धुज्वाला हाइड्रोपावर कम्पनीमा भएको आर्थिक घोटालाको बारेमा लेखिएको समाचारलाई लिएर पूर्वपत्रकार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाका समापति राजनबहादुर सिवाकोटीको साथ आएका दुइ जनामध्ये एकजना व्यक्तिले सो धम्की…
काठमाडौँ: टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भएपछि नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पुनरवालोकनमा जाने बताएका छन्। कैलालीको टीकापुरमा नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका प्रमुख दोषीका रुपमा डिल्ली बजार जेलमा सजाय काटिरहेका उनले आफू रत्तिभर बिचलित नभएको पनि बताएका छन्। चौधरीले बुधबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीसहितसँग छलफलपछि अदालतको फैसलाको सम्मान गरिनुपर्ने पनि बताएका छन्। ‘सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनमा जान हाम्रा लागि बाटो खुल्ला छ’, उनले भनेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ। सम्मानित…
काठमाडौं: नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी-३ जलायश जलविद्युत आयोजना निर्माण गर्न ६ महिनाभित्र जोइन्ट भेन्चर (जेभी) सम्झौता गर्ने सहमति भएको छ । बंगलादेशको पतुवाखालीमा जेठ २ गते (मंगलबार) सम्पन्न नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा यो जलाशय जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने सहमति अनुसार संयुक्त कम्पनी स्थापना गरी निर्माण गर्न जेभी सम्झौता हुने सहमति बनेको हो । लगानी गर्न बंगलादेश तयार भई संयुक्त कम्पनी स्थापना गर्ने सहमति बनिसकेकाले जेभी सम्झौता गरी आयोजनाको निर्माण प्रक्रिया अगाडि बनाउने निर्णय बैठकमा भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ…