Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो । ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्नेछ”,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्नेछैन ।’ पछिल्लो तीन…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्व बालुवाटार पुगेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डसित छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका हुन्। बालुवाटारमा नेतात्रयबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण चर्किरहेका बेला प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको भेटवार्ता भइरहेको हो। यस्तै संवैधानिक परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको भाेलिपल्ट उनीहरुबीच छलफल भइरहेको हो। यस्तै दलहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि सहमति जुट्न बाँकी छ।

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन पुनकरर्जा, कर्जाको पुर्नसंरचना एवम् पुर्नतालिकीकरणमा आवश्यक व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरेका छन् । महासंघको तर्फबाट नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९।८० को तेस्रो त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै अध्यक्ष ढकालले निक्षेपको व्याजदर घटेसँगै कर्जाको व्याजदर पनि घटाउन आवश्यक उपकरण ल्याउन आग्रह गरेका हुन् । आर्थिक गतिविधिहरु शिथिल हुँदा उद्यमी व्यवसायीहरुमा ऋणको सावा ब्याज तिर्नसक्ने क्षमता कम हुँदै गएको, बैंकहरुको खराब कर्जा अनुपात पनि बढेकोले तत्काल, पुनर्कर्जा, कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरण गर्न महासंघ अध्यक्षले आग्रह गरेका हुन् । बैंकिङ्ग प्रणालीमा करिब दुई खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् । भविश्यमा बृद्धि हुन सक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५०को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्ररुमा चरणवद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु…

Read More

काठमाडौँ:काठमाडौं महानगर क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियान सुरु गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार व्यवस्थित गर्ने अभियान आज बिहान थालेका हुन्। काठमाडौं महानगरपालिका, दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिबीच आइतबार भएको सहमतिअनुसार महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउन थालिएको हो। आज बिहान ८ बजे माइतीघर मण्डला र न्युरोड क्षेत्रका सडक किनारका पोलमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तार हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम थालिएको हो। यसअघि आजै बिहान दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले…

Read More

काठमाडौँ, २५ वैशाख (रासस):गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गर्नुभएको छ । उहाँको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ । पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन् । अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ ।…

Read More

काठमाडौं: आज देखी तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ । जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिए । उनका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ । संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन । गत…

Read More

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल हुने गरी ल्याउने तयारी गरेको छ । संसद बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले महत्वकांक्षी बजेट ल्याउने संकेत गरेका हुन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार ल्याउने र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु ।’ उनले मुलुकको अर्थतन्त्र र बजेट प्रणालीमा देखिएका विद्यमान समस्या तथा चुनौतीबारे पनि सदनलाई जानकारी…

Read More

काठमाडौं: प्रतिनिधि सभा सदस्यसमेत रहेका अर्थशास्त्री डा‍ स्वर्णिम वाग्लेले आर्थिक वृद्धिको जिम्मेवारी केन्द्रीय बैंकको नभएको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ मा वाग्लेले केन्द्रीय बैंकको जिम्मेवारी महँगी नियन्त्रण गर्नु र बाह्य क्षेत्रको सन्तुलन कायम गर्नु भएको प्रष्ट पारे । ‘समष्टिगत आर्थिक वृद्धि राज्यको जिम्मेवारी हो । त्यसमा केन्द्रीय बैंक (राष्ट्र बैंक) लाग्नु हुँदैन,’ उनले भने, ‘केन्द्रीय बैंक आफ्नो जिम्मेवारीभित्र रहनुपर्छ ।’ सोही कार्यक्रममा अर्थमन्त्री डा प्रकाश शरण महतले लचिलो मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका थिए। उनले सरकारसँग ‘फिस्कल स्पेश’ नभएको भन्दै लचिलो मौद्रिन नीति ल्याउनुपर्नेमा जोड दिएका थिए…

Read More

काठमाडाैँ । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका छन् । शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको’ ब्यहोराको विज्ञप्ति जारी गर्दै खाणले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’ नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाणको नामसमेत तानिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ । सो प्रकरणमा आफ्नो नाम जोडिएपछि घुमाउरो ढङ्गले खाणले समाचारमा आएका कुराहरू…

Read More