Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अन्तत: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो विदेश भ्रमण भारतबाट हुने भएको छ । प्रम प्रचण्डले भारतीय समकक्षीको निमन्त्रणा पाएसंगै उनको भ्रमण तय भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् । तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने । ‘मिति तय भइसकेको छ, तर तयारी पूरा नभएका कारण त्यसलाई सार्वजनिक गर्न मिल्दैन र सुरक्षाको दृष्टिले पनि त्यो राम्रो मानिँदैन,’ उनले भने । वैशाख २८ देखि जेठ…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्। ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन्। सम्मेलन हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। सम्मेलनमा डा. महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो। जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो। ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ।’ ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको बताउँदै उनले निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर…

Read More

काठमाडौँ, ६ वैशाख (रासस) :प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताउनुभयो । राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उहाँको भनाइ थियो । सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताउनुभयो । सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो…

Read More

काठमाडौँ, ६ वैशाख (रासस) :एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको हो । युएईका लागि वृत्य अरविन्द र रोेहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख…

Read More

काठमाडौँ, ६ वैशाख (रासस) :नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि रु २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ…

Read More

काठमाडौँ: विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्न विमान्स्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बिहान ६ घण्टा बन्द हुने भएको हो । बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीले जानकारी दिए । उक्त समयमा उडान रहेका यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्ने विमानस्थलले अनुरोध गरेको छ ।

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघ कोशी प्रदेशले बिना सूचना पटक पटक हुँदै आएको विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गरेको छ । विद्युत कटौतीका कारण कोशी प्रदेशमा रहेका उद्योगहरु समस्यामा परेको जानकारी गराउँदै परिसंघले नेपाल विद्युत प्राधिकरण प्रादेशिक निर्देशनालयमा निवेदन दिएको हो । पूर्व जानकारी बिना नै विद्युत कटौती हुँदा उद्योगको उत्पादन कार्यमा बाधा पुगेको परिसंघको ठहर छ । विद्युत आपूर्तिमा भएको अवरोधका कारण उद्योगमा काम गर्ने कामदारहरु बिना काम बस्नु परेको र प्रशोधनका प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुनगई उद्योगको लागत खर्चमा वृद्धि भएको गुनासो कोशी प्रदेशका उद्योगी व्यवसायीहरुको रहेको छ । पटक पटक हुँदै आएको विद्युत कटौतीका कारण उद्योग…

Read More

काठमाडौं: एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएकाे छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । मलेसियाका लागि कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३-३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सन् २०२५ सम्म विद्युतमा पूर्णरुपमा आत्मनिर्भर हुने बताएका छन् । मंगलबार काठमाडौंमा उर्जा सम्मेलन २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको बताए । अहिले वर्षायाममा बिजुली खेर गए पनि हिउँदमा केही अंश आयात गर्नुपरेको उनले बताए । सन् २०२५ सम्म आत्मनिर्भर बनेपछि नेपालले हिउँदमा विद्युत आयात गर्नु नपर्ने र निर्यात गर्ने राष्ट्रको रुपमा गनिने प्रधानमन्त्रीको भनाइ छ । ‘नेपालमा बिजुलिमा लगानीको अथाह सम्भावना छ,लगानीको वातावरण पनि निकै राम्रो छ’ उनले भने, बिद्युतमा स्वेदशीले मात्रै नभएर विदेशी लगानीकर्ताले पनि लगानी गर्न सक्छन्, सरकारले कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि तयार…

Read More

काठमाडौं: एसीसी पुरुष प्रिमियर कप आजदेखि नेपालमा सुरु हुँदैछ। नेपालले आज मलेसियासँग खेल्दै छ। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो। यो खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। मलेसियासँग अहिलेसम्म खेलेका पाँच खेलमध्ये सबैमा नेपाल विजयी भएको छ। प्रतियोगितामा समूह ए मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन्। समूह बीमा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन्। प्रतियोगिताको विजेताले भारत र पाकिस्तानसमेत रहेको एसिया कप खेल्ने छ। समूह बीको पहिलो खेलसमेत आज हुँदैछ। हङकङ र सिङ्गापुर बीचको अर्को खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा…

Read More