Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: शुक्रबारसम्म देशभर ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । कोभिड १९ (कोरोना विरुद्धको) खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका छन् । त्यस्तै प्रदेश नम्बर २ मा आजसम्म ४ हजार ६ सय ५०, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा…

Read More

काठमाडौँ: सरकारले राजस्व चुहावट नियन्त्रणका लागि केही समय अघिमात्र सञ्चालनमा ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस)मा प्रविष्टि नगरी मालबस्तु ढुवानी गर्ने १९ कम्पनीलाई जरिवाना गरेको छ । राजस्व अनुसन्धान विभागले माघ ७ र ८ गते गरेको अनुगमन प्रतिवेदनका अनुसार विभिन्न १९ कम्पनीले भीसीटीएसमा प्रविष्ट नगरी मालबस्तु ढुवानी गरेको भेटिएपछि नगद जरिवाना गरेको हो । विभागले १९ कम्पनीलाई कुल २४ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार ती कम्पनीहरुलाई राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ अनुसार २५ हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना गरेको हो । विभागले व्यवसाय गर्ने सम्पुर्ण कम्पनी तथा संस्थाहरुले व्यवसायिक प्रयोजनका मालवस्तु ढुवानी…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको बताएका छन । नेकपा काठमाडौं महनगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनसँग डराएको बताएका हुन । उनले अहिले प्रचण्ड–नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत ‘खराब’ हुने तर्क गरे । प्रधानमन्त्री ओलीले देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए । संकटकाललाई देखाउँदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै उनले तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पारे । आफूलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रम फैलाइएको भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफूले बताएको तर्क…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरेको छ । समितिको सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीलाई चुनेको छ । समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायूसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारि अधिकृत रुद्र प्रसाद सापकोटा(बिनोद) ¥याडीशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकूर रहेको महासंघले जनाएको छ । समितिका सल्लाहकारहरुमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदा र महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य रामशरण थपलिया रहेका छन्…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी शर्मा ओली समूहले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल दर्ता प्रक्रिया अघि बढाउन सल्लाह दिएका हुन । बैठकमा नेता सुवास नेम्वाङ, मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका मन्त्री रामेश्वर फुयाँल, सांसद विमला पौडेल, अधिवक्ता बाबुराम दाहाल र रमेश बडाल सहभागी भएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले आधिकारिकताका विषयमा आयोग एउटा टुङ्गोमा पुगिसकेकाले त्यही जगमा रही अन्य प्रक्रिया अघि बढाउने विश्वास…

Read More

काठमाडौं: नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको प्रतिक्रिया दिएका छन् । शुक्रबार आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका हुन् । ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया अगाडी बढिरहेको छ र बढ्छ’, नेम्वाङको भनाइ छ । उनले निर्वाचन आयोगको भनाइअनुसार निर्वाचन गर्न पर्याप्त समय समेत रहेको भन्दै ८४ दिन भए पुग्नेमा त्यो भन्दा धेरै दिन रहेकाले तोकिएकै…

Read More

काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर बाँडफाँट भएको छ। बुधबार प्रि-अलटमेन्ट भएको थियो। ५० कित्तासम्म माग अनुसार नै उपलब्ध भएको छ। कम्पनीले न्यूनतम १० कित्तामा पनि आवेदन गर्ने व्यवस्था गरेको थियो। ५० कित्तासम्म बाँडफाँटपछि गोलप्रथा गरिएको थियो। ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट वितरण गरिएको छ। बैंकको सेयर १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन्। ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ। ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् । शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए । प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ । “सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले…

Read More

खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ । मन्त्रालयले बिहिबार त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गरेका थिए । स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्धारीमा खानेपानी पु¥याउने निर्णय गरेका हुन् । मन्त्रालयले स्वर्गद्धारीको खानेपानी समस्या समाधानका लागि यही बर्ष डिपिआर सक्ने समेत निर्णय गरेको छ । मन्त्री थापाले आगामी आर्थिक बर्ष नै बजेटको व्यवस्था गरि स्वर्गद्धारीमा रहेको खानेपानी समस्यालाई सधैँको…

Read More

काठमाडौँ: आज शहीद दिवस । प्रजातन्त्र स्थापनाका लागि ज्यान आहुती दिने चार शहीदको सम्झनामा विशेष कार्यक्रम गरी मनाइदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने काम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।…

Read More