Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्रै एक रहेको नेकपाका दुबै समूह (ओली र दाहाल-नेपाल)लाई निर्वाचन आयोगले आज छलफलमा बोलाएको छ। आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र प्रचण्डसँग छलफल हुनेछ । छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच /पाँच जना व्यक्तिलाई बोलाइको प्रवक्ता श्रेष्ठले बताए। नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने…

Read More

काठमाडौँ: नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बिहान १० बजे अलटमेन्ट हुँदैछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न लागिएको हो । बुधबार प्रि अलमेन्ट गरी धितोपत्र बोर्डबाट स्वीकृति पश्चात शुक्रबार बिहान आईपीओ बाँडफाँड गर्न लागिएको क्यापिटलले नोटबजारलाई जानकारी दिएको छ । बुधबार प्रि-अलोटमेन्ट गरी शुक्रबार बिहान १० बजे आईपीओ बाँडफाँडको लागि क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । निफ्राको आईपीओ १० देखि ५० कित्ता माग गर्नेलाई माग अनुसार नै पाउने भएका छन् । यसरी बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ६० कित्ता वा सोभन्दा बढी…

Read More

काठमाडौं: सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ । साल्ट ट्रेडिङले दशैंअघि नै ३० हजार टन चिनी खरीदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरीद अनुमति पाउन सकेको छैन । यसअघि चाडपर्वलाई लक्षित गर्दै चिनी खरीद गर्ने क्रममा साल्ट ट्रेडिङले सरकारसँग ५० हजार टन चिनी खरीदका लागि अनुमति मागेकोमा २० हजार टनको…

Read More

मनाङ: मनाङको तिल्चेमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन।’ –नासोँ गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पीडामिश्रित दुखेसो पोखे । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् । यो समाचार तयार पार्दासम्म सबै गाउँले कसरी आगो नियन्त्रणमा लिने र बस्ती सुरक्षित गर्ने भनेर गाउँमुनिको जंगलमा खटिइरहेका छन् ।तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुलाई निर्देशन दिनु भएको छ । इन्टरनेट सेवाका सम्बन्धमा चर्को गुनासो आईरहेका बेला मन्त्री गुरुङले सेवाग्राहीलाई सन्तुुष्ट हुने गरी सेवा प्रवाह गर्न सेवा पदायक संघ, संस्थाहरुलाई सचेत गराउनु भएको हो । उहाँले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले गुणस्तरीय सेवा प्रवाह गरे, नगरेको अनुुगमन गर्न नेपाल दूरुसञ्चार प्राधिकरणलाई सचेत समेत गराउनु भयो । “टावर राखिएका होलान्, अप्टिकल फाईबर बिच्छयाउने काम पनि गरिएको होला,” बिहीबार सिंहदरबारमा आयोजित इन्टरनेट सेवा प्रदायक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नुभयो, “तर ग्राहकलाई सन्तुष्ट बनाउने…

Read More

काभ्रे: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताएकी छन् । अखिल नेपाल महिला संघ काभे्रले आज (बिहिवार) बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु शुरु भएको बताइन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले…

Read More

काठमाडौं: राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्रीलाई मूल्य बृद्धिको अवगत गराउँदै पत्र पठाएको छ । पत्रमा तत्काल कारवाहीको लागि माग गरिएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ४ वर्षसम्म उखु किसानको भुक्तानी नदिने उद्योगहरुले आफ्नो उद्योगमा चिनी उत्पादन नगरी भारतबाट सस्तो मूल्यमा चिनी तस्करी गरेर ल्याइ उपभोक्ता ठगी गरेको सूचना विभिन्न ठाउँबाट आएको भन्दै त्यस्तो ठगी गर्ने विरुद्ध कारबाहीको माग गरेको बताए । गत हप्तासम्म उपभोक्ताले साल्ट ट्रेडिङको आउटलेटमा ७३ र अन्यको हकमा ८० रुपैया प्रति किलोमा खरिद गरिरहेको चिनी अहिले उपभोक्ताले बजारमा ९० देखि ९५ रुपैयां प्रति किलोमा खरिद गर्नुपरेको मञ्चको…

Read More

काठमाडौं: ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ । गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो । ‘यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ । ‘सीपीआई २०२० मा नेपालका लागि…

Read More

काठमाडौँ: नेकपाको दाहाल-नेपाल समूह संघीय राजधानी काठमाडौँ लक्षित आन्दोलनमा केन्द्रित भएको छ । मुलुकभर हुने आन्दोलनभन्दा राजधानीमा हुने प्रदर्शनले शासकको ध्यान तान्ने भएकाले त्यसैतर्फ केन्द्रित भएको दाहाल-नेपाल समूहका नेता हिमाल शर्माले बताए । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय पनि गरेको शर्माले बताए । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत सहभागी बैठकले २८ गतेको प्रदर्शनलाई अहिलेसम्मकै ठूलो बनाउन जिल्ला जिल्लाबाट कार्यकर्ता उतार्न मातहतका कमिटीलाई सर्कुलर गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गराएसँगै सत्तापक्षीय नेकपा (ओली समूह) र…

Read More

काठमाडौं: सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको पेशी आजलाई तोकिएको छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सर्वोच्च अदालत र न्याय प्रकृयाकै उपहास गरेको भन्दै दायर मानहानी तथा अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुने भएको हो । शर्माको इजलासमा अवहेलनासम्बन्धी अन्य दुई मुद्दा पनि परेका छन् । चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको संयुक्त विज्ञप्तिले न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने भन्दै दायर रिट पनि शर्माकै इजलासमा परेको छ । यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाले दिएको अभिव्यक्तिबाट न्यायालयको अवहेलना भएको भन्दै दायर रिट पनि उनकै इजलासमा एक साथ सुनुवाइ हुने भएको हो । प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च…

Read More