Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
- मूल्य पारदर्शिता सप्ताहलाई महासंघको ऐक्यवद्धता,अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान
- एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । प्रतिनिधिसभा विघटन सम्बन्धमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा प्रधानमन्त्री ओलीले पटक-पटक टिप्पणी गरेपछि उनीविरुद्ध अवहेलनाको निवेदन दर्ता भएको हो । अधिवक्ता कुमार शर्माले कारवाहीको माग गर्दै निवेदन पेस गरेका हुन् । विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी पटक-पटक ओलीले अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले निवेदन पेस गरेका हुन । केही दिन अघि ओलीले अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल अदालतमा बहसो नाममा तमासा गर्न गएको भन्दै टिप्पणी गरेका थिए । ओलीले ‘एकजना बाजे वकिलहरुलाई पनि लिएर गएछन् बहस गर्न, यो के तमासा गरेको हो’ भन्ने अभिव्यक्ति दिएका…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष ओलीलाई पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको उनले बताए । ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन…
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टिकरण सोधेको छ । बैंकले शेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको भए तीन दिन भित्र जानकारी दिन भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो । बैंकको माघ ९ गते सम्पन्न साधारणसभाले आफु भन्दा बलियो संस्थासँग मर्जरमा जाने निर्णय गरेपछि शेयर बजारमा एनसीसी बैंकको शेयरको माग चुलीएको छ । आफुभन्दा बलियो संस्था भनेसँग नबिल बैंक र प्रभू बैंकसंगको अनौपचारीक छलफलको कुरा बाहिर आएपछि त्यस बारेमा जानकारी माग्दै नेप्सेले बैंकलाई पत्र काटेको हो । बैंकको मर्जरको कुरा बाहिर आएपछि आइतबार मात्र १० प्रतिशत अर्थात ३३ रुपौयँले शेयर मूल्य बढेको छ । बैंकको शेयर मूल्यमा आएको…
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन्। मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटका बीच विवाह समारोह सम्पन्न गरेका हुन्। उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए। परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ। बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएको देखिन्थ्यो ।
काठमाडाैं: राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरीपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि करारमा गणक तथा सुपरीवेक्षक पदमा अनलाइनमार्फत् दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरीवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा भर्ना लिन लागेको जानकारी समेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ । २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा…
काठमाडौं: नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा भएको कार्यक्रममा आज प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाई, पशु सेवा सभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र खाद्य तथा गुणस्तर विभागका महानिर्देशक उपेन्द्र राय र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच एकद्धार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्याल र सचिव डा.योगेन्द्रकुमार कार्कीको उपस्थिति रहेको थियो । भन्सार जाँचपास प्रकृयालाई सरल र छिटो बनाएर व्यापार सहजीकरणको माध्यमबाट व्यापार आपूर्ति श्रृंखलामा आवद्ध सबै सरोकारवालाहरुको व्यवसायिक हितको प्रर्वद्धन गर्न भन्दै राष्ट्रिय…
काठमाडौँ: धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन हुनुभएको छ । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भने,“उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल सम्पर्कमा नरहेका कारण भुक्तानी हुनसकेको छैन ।” उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिव १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी रहेको थियो । “उद्योगले किसानको भुक्तानी दिन करीब १७ करोड बाँकी रहेको बताएको थियो”, प्रजिअ पौडेलले भने । यसैबीचमा ११ करोड १६ लाख उद्योगले किसानलाई…
काठमाडौं: प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले बजारमा निस्किएका कुराबाट न्यायालय प्रभावित नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि आइतबार भएको सुनुवाइका क्रममा उनले न्यायालयका बारेमा बजारले भनेका कुराको पछि नलागि न्यायसम्पादन गर्न आफूहरु लागिपर्ने बताए । आइतबार रिटमाथि बहसका क्रममा अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट न्यायालयको मानहानी भएको भन्दै बेञ्चको ध्यानाकर्षण गराएपछि प्रत्युत्तरमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन’ भनेका थिए । प्रधानमन्त्रीले रिटमाथि न्यायालयमा बहस गर्न गएका कानुन व्यवसायीलाई ‘तमासा देखाउन गएको’ भनेर टिप्पणी गरेका कारण न्यायालयको…
काठमाडौँ: प्रतिनिधिसभा विघटन प्रकरणमा राजपत्रमा छापिएको सूचनाको आधिकारिकतामा कानून व्यवसायीले आशंका गरेका छन् । सूचनाको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको अधिवक्ता गोविन्द बन्दीले जानकारी दिए । नेकपाका दाहाल-नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले आज संवैधानिक इजलासमा निवेदन दिएको बन्दीले बताए । ‘सरकारका निर्णय राजपत्रमा प्रकाशित हुनैपर्छ, वेबसाइटमा छापिएकोमा आशंका हो, यसको वैधता परीक्षण हुन परो भन्ने माग हो,’ बन्दीले भने । सरकारले सर्वोच्च अदालतमा कुरा उठेपछिमात्र शुक्रबार प्रतिनिधिसभा विघटन भएको सूचना छापिएको राजपत्र इजलासमा पठाएको थियो । उक्त राजपत्रमा प्रकाशित मिति पुस ५ गते नै राखिएको छ । तर, वेबसाइटमा भने शुक्रबारमात्रै अपलोड…
काठमाडौँ: ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले यहि माघ २३ गतेदेखि सर्वसाधारणका लागि ३५ करोड बरारबरको प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघि स्थानीय बासीन्दाका लागि निष्काशन गदा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत सर्वसाधरणमा बिक्री गर्न लागेको हो । ३४ लाख ९६ हजार ४ सय कित्ताशेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका तथा ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन…