Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मकवानपुर: बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग बिहीबार राति छलफल गरेका थिए । सो छलफलमा आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत…

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ। शक्ति प्रदर्शनका लागि देशभरबाट दाहाल नेपाल समूहले आफ्नो समूहका कार्यकर्तालाई काठमाडौँ बोलाएको छ । देशभरबाट आएका नेकपाका कार्यकर्ताका कारण काठमाडौँको ट्राफिक अस्तव्यस्त बनेको छ । भक्तपुरबाट आएका सवारीलाई कोटेश्वर तथा तीनकुनेमा रोकिएको छ भने ललितपुरबाट आएका सवारीलाई कुपन्डोलमा रोकिएको छ । कलंकी क्षेत्रबाट आएका त्रिपुरेश्वरमा रोकिएको छ । त्रिपुरेश्वरबाट रोकिएकालाई थापाथलीमा रोकिएको छ । सार्वजनिक सवारीमा यात्रा गर्ने पैदलै आफ्नो गन्तव्य गइरहेका छन् । नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय…

Read More

काठमाडौँ: कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ। वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो। आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ। माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिन्छ।

Read More

काठमाडौं: यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरिएको बताए । यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार चालू आवको छ महिनाको तथ्याङ्क अनुसार छ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा छ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । यसैगरी, ६ महिनाको अवधिमा साठी अर्ब ७९ करोड…

Read More

काठमाडौँ: सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सार्वजनिक शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ। कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ। दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीेसगँ उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन्। उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड), मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) तथा सचिन्द्र ढुंगाना सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले माघ ०७ गते हस्ताक्षर…

Read More

काठमाडौं: संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । प्रचण्ड–माधव समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ । त्यसका लागि पौने ११ बजे नै आ–आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् । माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव,…

Read More

काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् । प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुवल मिटिङमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनैतिक प्रणालीको एउटा प्रक्रिया भएको र नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरेका हुन् । उनले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीतिहरु संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलहरुको छुट्टा छुट्टै मत र धारणा भएता पनि नेपालका समग्र आर्थिक तथा सामाजिक विकासमा…

Read More

काठमाडौँ: सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गरेको राजपत्रमा छापिएको सूचना ल्याउन सरकारी पक्षलाई भनेको छ । रिट निवेदकका तर्फबाट बारम्बार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । निवेदकका कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटन गरिएको सूचना राजत्रमा प्रकाशन नभएको हुनाले विघटनको सूचना अनधिकृत भएको बताएका थिए । त्यसपछि अधिवक्ता टीकाराम भट्टराईले पनि राजपत्रमा प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित नभएको बताए । राष्ट्रपति कार्यालयकाे वेबसाइटमा मात्रै सूचना प्रकाशित भएकोले प्रतिनिधिसभा विघटन अनधिकृत भएको उनीहरूकाे तर्क थियाे । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक अधिवक्ता ज्ञानेन्द्र आरणले पनि उक्त कुरा उठाएपछि इजलासले राजपत्र छ कि छैन ?…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका हुन । ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकीकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’ उनले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब उनलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताए । सम्बोधनका…

Read More