Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, ८ वैशाख (रासस) ःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ, ८ वैशाख (रासस) :चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् । सात अर्बका गाडी भित्रिएचालू आर्थिक वर्षको नौ महिनामा करिब रु सात अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा रु छ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ । विद्युतीय सवारी आयातबाट सरकारले रु एक अर्ब ९३…

Read More

काठमाडौँ:नेपाली ब्याट्सम्यान कुशल मल्लले एसीसी मेन्स प्रिमियर अन्तर्गत भइरहेको खेलमा ओमानविरुद्ध शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ५९ बल खेल्दै १०१ रन बनाएका हुन् भने उसले कुल १०८ रन बनाएर आउट भए। ३९ औँ ओभरको पाँचौँ बलमा स्पिनर अकिब इलियासलाई छक्का प्रहार गर्दै कुशलले शतक पूरा गरेका हुन्। यो उनको अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक पनि हो। यससँगै कुशल ओडीआईमा नेपालबाट सबैभन्दा छिटो शतक बनाउने खेलाडी पनि हुन्। यसअघि कुशलले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान पनि भंग गरेका छन्। ‌ओडीआईमा उनी नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन्। यसअघि पारस…

Read More

काठमाडौँ: सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । समयमा काम सम्पन्न नगर्ने १० निर्माण कम्पनी कालोसूचीमा परेका हुन् । निर्माण कार्यमा बदमासी गर्ने, तोकिएको काम पूरा नगर्ने, तथा आयोजना जिम्मा लिएर अलपत्र पार्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याइएको हो । एस.ए.एस.कन्स्ट्रक्सन प्रा.लिलाई ३ वर्ष कुनै पनि ठेक्का खरिद गर्न नपाउने गरि कालोसूचीमा राखिएको छ । यस्तै धुलिखेल युनिकर्ण जे.भीलाई १ वर्ष , फेव नेपाल प्रा.लिलाई १ वर्ष, कन्या कलिका स्टिल फर्निचर प्रा.लिलाई १ वर्ष कालोसूचीमा राखिएको छ । यस्तै कोटेश्वरमा रहेको नागार्जुन शंकरमाली निर्माण सेवा प्रा.लिलाई १ वर्ष ३ महिना, ओम शान्ति निर्माण सेवालाई १ वर्ष, रेडलाइन…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको नौ महिना अर्थात साउनदेखि चैतसम्ममा मुलुकको कूल व्यापार घाटा पौने ११ खर्ब रूपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत चैतमसान्तसम्मको विवरण अनुसार व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो । नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन्। बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.–१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताएका हुन् । सभामा प्रधानमन्त्रीले भने, “सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।” “अर्थतन्त्रमा सुधार ल्याउने कामलाई मैले उच्च प्राथमिकतामा राखेको छु । विदेशी मुद्राको सञ्चिति बढेको छ ।…

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्। संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

Read More

काठमाडौं: अन्तत: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो विदेश भ्रमण भारतबाट हुने भएको छ । प्रम प्रचण्डले भारतीय समकक्षीको निमन्त्रणा पाएसंगै उनको भ्रमण तय भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् । तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने । ‘मिति तय भइसकेको छ, तर तयारी पूरा नभएका कारण त्यसलाई सार्वजनिक गर्न मिल्दैन र सुरक्षाको दृष्टिले पनि त्यो राम्रो मानिँदैन,’ उनले भने । वैशाख २८ देखि जेठ…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्। ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन्। सम्मेलन हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। सम्मेलनमा डा. महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो। जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो। ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ।’ ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको बताउँदै उनले निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर…

Read More

काठमाडौँ, ६ वैशाख (रासस) :प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताउनुभयो । राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उहाँको भनाइ थियो । सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताउनुभयो । सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो…

Read More