Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ । मन्त्री रिजाललाई वधाई एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रर्वद्धन सम्वन्धी ठोस नीति एवं योजना ल्याउन समेत आग्रह गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अबिलम्व लागु गरी निर्यात उद्योगहरुलाई प्रोत्साहन गरिनुपर्दछ ।” मन्त्री रिजालसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात ब्यापारलाई मुल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउन समेत आग्रह गरे । यस्तै निर्यात अनुदानलाई एकद्धार प्रणाली अन्र्तगत निकासीकर्तालाई सरल र सहज ढंगले प्रदान गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।…
काठमाडौँ: आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई हवाई भाडा दर घटाउन निर्देशन दिएको छ। नयाँ भाडादर आगामी बुधबार (चैत २२) गतेदेखि लागू हुने भएको छ। जसअनुसार सबभन्दा धेरै काठमाडौं-धनगढीको भाडा दर ४४० रूपैयाँ घटेको छ। त्यस्तै सबभन्दा कम काठमाडौं-सिमराको ९० रूपैयाँ भाडा घटेको छ। नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइटको भाडा ३४५ रूपैयाँ घटेको छ। त्यस्तै, काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँ, काठमाडौं–विराटनगर २४०, काठमाडौं–जनकपुर १३० रूपैयाँ, काठमाडौं–भरतपुर १०५ रूपैयाँ, काठमाडौं–पोखरा १५५ रूपैयाँ घटेको छ। यस्तै, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्जको भाडादर ३२५ रूपैयाँ, काठमाडौं–धनगढीको ४४० रूपैयाँ, काठमाडौं–तुम्लिङटारको…
सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका ७ जनामध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको हो । त्यस्तै घाइते भएका १३ जना मध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ । हिमपहिरोमा परी नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो । गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचीअनुसार ज्यान गुमाउनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रूपन्देही नेपालकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन्। त्यसैगरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र…
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने बताए। उनले अब सरकारको ध्यान पूर्ण रूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए। उनले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए। जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए। प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने…
काठमाडौँ: नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत चैत ५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ…
भादगाउँ, २२ चैत (रासस) : मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्का: जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआउनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभयो । विसं २०६६ मा…
दोधारा चाँदनी, २२ चैत (रासस) : कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् । विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका छन् । भृकुटी माध्यमिक विद्यालयकी शिक्षिका विमला भट्टले विद्यार्थीलाई आफ्नो विद्यालयमा भर्ना गराउन शिक्षिक–शिक्षिका अभिभावको घरदैलोमा पुग्ने गरेको बताउनुभयो । “हामीले यसपटक नयाँ भर्ना हुने विद्यार्थीलाई नि:शुल्क पोशाक र झोला उपलब्ध गराउँदैछाँै”, उहाँले भन्नुभयो, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न…
काठमाडौँ: अपर तामाकोशी हाइड्रोपावर लि.को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह (निर्देशक)का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर लि.स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ । नवनियुक्त सिइओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तिब्रता दिने, संस्थागत सुशासन कायम गर्ने र…
काठमाडौँ: विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध, मौद्रिक नीतिमा कडाइ, उच्च मुद्रास्फीति र कम सरकारी राजस्व प्रतिबिम्बित गर्ने सरकारी खर्चको प्रभावका कारण यो वर्ष नेपालको आर्थिक वृद्धिदर कम हुने विश्व बैंकको अनुमान छ । नेपालको आर्थिक वृद्धिदर अघिल्लो पटकको अनुमानभन्दा पनि सुस्त हुने विश्व बैंकले जनाएको छ । यसअघि बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरेको थियो । अक्टोबर २०२२ को प्रक्षेपणको तुलनामा बैंकले अप्रिल, २०२३ मा ०.६ प्रतिशत कम प्रक्षेपण गरेको हो । सन् २०२४ मा भने ४.९ प्रतिशतको आर्थिक वृद्धिदर…
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा ब्यक्त गरेको छ। अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले सिहंदरबारस्थित अर्थमन्त्रालयमा अर्थमन्त्री डा. महतसंग बधाई भेटवार्ता गरेको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करको दर वृद्धि गर्नु भन्दा करको दायरा बढाईनुपर्दछ । यसका लागि नागरिकतासंगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्दछ, ।’ चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सीमामा हुने अवैध ब्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । बिल लिने/दिने व्यवस्थालाई पनि अनिवार्य रुपमा कार्यान्व्यनमा ल्याउनुपर्ने अध्यक्ष मल्लले जोड दिए । चेम्बर पदाधिकारीसमक्ष अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भिरताका साथ…