काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।
खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
‘उहाँलाई चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो’, एसएसपी कार्कीले भने, ‘अहिले उहाँलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यहाँ सामान्य सोधपुछ हुनेछ। त्यसपछि उहाँलाई काठमाडौं प्रहरी परिसर ल्याइनेछ।’
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यसअघि मंगलबारसम्म उक्त प्रकरणमा ११ जना पक्राउ परिसकेका छन्।
Facebook Comments Box
