Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ रहने हो भने आयुर्वेदिक उपचार पद्धतितिर लाग्नुपर्ने धारणा राखेका छन् । हिजोको मन्त्रिपरिषद् बैठकमा उनले आयुर्वेदिक उपचार विधि पद्धति र यसका फाइदा/बेफाइदाबारे व्याख्या गरेका थिए । ‘स्वस्थ रहने हो भने आयुर्वेदिक उपचारतिर लाग्नुपर्‍यो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘बिरामी हुँदै औषधि खाँदै अस्पताल जाँदै गर्ने हो भने एलोपेथिक उपचार गर्नॅपर्‍यो ।’ उनले आयुर्वेदिक औषधिमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) बढाउने र त्यसमा भाइरस कम गर्ने तत्त्व बढी रहेको आफूले पाएको पनि बताएका थिए । नयाँ अस्पताल खोल्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्तावका सन्दर्भमा धारणा राख्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक उपचार…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव तयार गरेपछि कानुनी प्रश्न उठाएका छन् । उनले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आजको मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न नसकेको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेकोमा प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि बैठकको मुल एजेण्डामै प्रवेश नभएको ती मन्त्रीको भनाइ छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेका थिए । सोअनुसार ४ वर्षे कार्यकाल आइतबार सकिएका कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्ने दवाव चौतफी…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् । यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल…

Read More

काठमाडौँ: केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले बुधबार मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । हालसम्म मोबाइल एप सञ्चालनमा नल्याएको सीडिएससीले बुधबार पहिलो पटक सर्वसाधारणका लागि एप सञ्चालनमा ल्ष्याउन लागेको हो । सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एप सञ्चालनमा आएपछि शेयर आवेदन, पोर्टफोलियो हेर्ने सुविधा, शेयरको विद्युतीय हस्तान्तरण ( इडिआइएस) लगायत हाल मेरो शेयरमा रहेको सम्पूर्ण र सीडिएससिको वेबसाइटमा भएको सबै फिचरको सुविधा लगानीकर्ताले एपबाटै सहज रुपमा प्राप्त गर्न सक्नेछन् । केही दिनको परीक्षण पश्चात एपबाट नियमित रुपमा सेवा हुनेछ । उक्त मोबाइल एप एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा एप स्टोरबाट डाउनलोड गरी सञ्चालन गर्न सकिने…

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ । नेपाल बाढी सूचना केन्द्रले  सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ । यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ । यस्तै चितवन, कास्की लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नारायणगढ-मुग्लिन सडक खण्डको कालिखोला…

Read More

काठमाडौँ: लिओनल मेसी सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन्। फोर्ब्सका अनुसार स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन्। फोर्ब्सले मेसीको वार्षीक आम्दानी १२६ मिलियन अमेरिकी डलर भएको जनाएको छ। जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको फोर्ब्सले जनाएको छ। फोर्ब्सका अनुसार मेसीको करिअरको कमाइ १ बिलियन अमेरिकी डलर पुगिसकेको छ। मेसीले १६ वर्षको करिअरमा दर्जनौ रेकर्ड बनाइसकेका छन्। मेसीले बार्सिलोनाबाट खेल्नुअघि क्लबले १०५ वर्षमा ६४ उपाधि जितेको थियो। मेसीले बार्सिलोनाबाट खेल्न थालेको १६ वर्षमा क्लबले ३४ उपाधि जित्न…

Read More

चितवन: नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । यसै सडकखण्ड अन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ…

Read More

काठमाडौं: सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वामदेवलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्यमध्ये डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरिएको हो। नेकपाको भदौ १८ गतेको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

Read More

काठमाडौँ: सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता थिए । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएका थिए ।

Read More

काठमाडौँ: असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। ‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला। अहिलेलाई खुलाउने भन्ने भएको छ।’

Read More