Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बाढीपहिरोले अवरूद्ध पृथ्वी राजमार्ग बिहीबारसम्म सञ्चालनमा आउन सकेको छैन। सोमबार दिउँसोको बाढीपहिरोले मुग्लिनदेखि नौविसेसम्म साना ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेको थियो। बाढीले धादिङ र चितवनको सीमामा रहेको मौवाखोला पुलको एकतर्फ करिब १५ मिटर सडक बगाएको थियो। पहिरो हटाउने काम सकिए पनि मौवाखोला पुल मर्मत सकिएको छैन। शुक्रबार दिउँसोसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम सुरू गरिएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईञ्जिनियर कृष्णराज अधिकारीले मौवाखोलाको पानीलाई मूलधारमा पठाएर भत्किएको सडक मर्मत सुरू गरिएको जानकारी दिए।

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । ०६८ माघ ८ मा रञ्जनलाई नारायणगढबाट काठमाडौँ फर्कंदै गर्दा थानकोटबाट प्रहरीले पक्रेर मुद्दा चलएको थियो । त्यतिबेलादेखि उनी थुनामा थिए । हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् । श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका पूर्वडीआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका हुन् । डिल्लीबजार कारागारका जेलर गणेश…

Read More

काठमाडौँ: बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्यमा प्रति तोला ५ सयले बढेको छ । योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै बढी प्रति तोला ९४ हजार ५ सय रूपैयाँ पुगेको छ । यसअघि बुधबार सुन प्रति तोला ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ६५ पुगेको छ । चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । बुधबार ११३५ प्रतितोला कारोबार भएको चाँदी बिहीबार प्रति तोला १० रुपैयाँले बढेर ११४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं: निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो । १ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । विद्यालय सञ्चालक, शिक्षक र अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायतका क्रियाकलाप थाल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको…

Read More

काठमाडौं: आज देशभर मनसुनी वायुको प्रभाव परेकाले देशभर आँशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ। यसका साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यस्तै,…

Read More

चितवन: माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो। भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो। पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो । सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो। पहिरो आज बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो। पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।…

Read More

काठमाडौँ: झण्डै चार महिनाको लकडाउन गए रातिदेखि अन्त्य भए पश्चात उपत्यकाकोसडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालनागराउने कार्य एकसाथ थालेको छ । लकडाउन खुले पनि कोरोनाभाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ । उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेनगरेको,चालक र यात्रुले मास्क लगाएकोनलगाएको, तोकिएको भाडादर लिएनलिएको, ५० प्रतिशत मात्र यात्रु राखेनराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी…

Read More

सुर्खेत: विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार-चार जना तथा कालीकोट र सुर्खेतमा दुई-दुई जनाको मृत्यु भएको छ । हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ: सररकाले हरेक जिल्लामा विपद् पीडितको खोज तथा उद्धारका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने गरी विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । यही साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयले ‘प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७’ स्वीकृत गर्दै उक्त व्यवस्था लागू गरेको हो । उक्त मापदण्डबमोजिम प्रमुख जिल्ला अधिकारीले पीडितको खोज उद्धार कार्यका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति जुनसुकै बेला परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राख्नुपर्नेछ । यस्तै आपत्कालीन अवस्थाका लागि खाद्यान्न र लत्ताकपडा भण्डारण गर्नुपर्नेसमेत व्यवस्था गरिएको…

Read More

काठमाडौँ: यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कम मात्र यात्रु राख्न पाउने नियम बनाए पनि राजधानीको काँठ क्षेत्रमा लागू् हुन सकेको छैन । चार महिना लामो बन्दाबन्दी मङ्गलबार अन्त्य भएपछि धेरै मानिस बाहिर निस्कन थालेका छन् । सुन्दरीजलबाट रत्नपार्क चल्ने बा३ख ६२३ नं को सार्वजनिक यातायातले जोरपाटीसम्म यात्रु उभ्याएर ल्याएको यात्रु सुरेन्द्र श्रेष्ठले बताउनुभयो । सिट क्षमताभन्दा आधा कम मात्र यात्रु चढाउने नियम सरकारले लगाएको छ भनी सम्झाउँदा मानिस जान खोज्छन् भन्ने जवाफ परिचालकले दिएको उहाँले बताउनुभयो । चक्रपथभित्र फाट्टफुट्ट मात्र चलेका सार्वजनिक सवारीमा नियमअनुसार नै यात्रु बसेका छन् । राजधानीकै काँठ क्षेत्रका नगरपालिकामा फाट्टफुट्ट चलेका…

Read More