Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान भएको छ । बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ छ । त्यसभन्दा अगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको हो । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल (१२ दल) का नेताहरुलाई बोलाइएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए । प्रत्येक दलबाट एक/एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ । बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारी सांसदहरुलाई जानकारी दिनेछन् ।
काठमाडौं: साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५.८९ अंकले ओरालो लागेर १८६७.२२ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार सेयर बजार १४.२२ अंकले वृद्धि भएको थियो । आज २५२ कम्पनीको कारोबारमा २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको र ८६ करोड ३८ लाख भन्दा बढीको सेयर किनबेच भएको छ । यस्तै, एनआइसि एसियो बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नविल बैंकको ३ करोड भन्दा बढीको कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशील लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुनुहुन्छ । नागरिकताको प्रमाणपत्र अनुसार, उहाँको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । सभामुखको चयन…
काठमाडौँ: नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र…
सिन्धुपाल्चोक: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि उहाँले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताउनुभयो । टोलीले आज तातोपानी नाका खुलाउन पहल गरिदिन अध्यक्ष दाहाललाई ज्ञापनपत्रसहित अनुरोध गरेको थियो । दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो । चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय…
काठमाडौँ: ग्लोबल आइएमई बैंकले दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा दिने भएको छ । बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउन भएको हो । बैंकले राजधानी डेरीसंग बुधबार सम्झौता गर्दै सहुलियपुर्ण कर्जा दिने जनाएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका हुन । समझदारी अनुसार ग्लोबल आइएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ । कृषि व्यवसाय गरिरहेका ग्रामिण क्षेत्रका कृषकहरुलाई उद्यमी बनाउन पूँजी लगायत प्राविधिक सीप…
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। आज बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा निर्वाचित भएका हुन्। आजको निर्वाचनमा ८९ जनाले मतदान गरेका थिए। ती मध्ये शेरबहादुर देउवाले ६४ मत र गगन थापाले २५ मत ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ। २०७४ सालमा भएको संसदीय दलको निर्वाचनमा पनि देउवा नै निर्वाचित भए थिए।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबरालाई आज पद तथा गोपनीयतको शपथ गराउँदै छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन्। नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ। सभामुखको चयन नहुँदाका बखत प्रतिनिधि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ। सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले…
काठमाडौँ: नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा/बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ। राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएकोले टेलिकमले उक्त अनुरोध गरेको हो। मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयम्को नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरू सुरक्षित रूपमा प्रयोग गर्न सकिने टेलिकमले बताएको छ। अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहेको कम्पनीको भनाइ छ। टेलिकमले…
काठमाडौँ: सेयर बजार सूचक माप नेप्से मंगलबार दोहोरो अंकले बढ्ला उच्च सेयरमूल्य वृद्धि हुने कम्पनीमा लघुवित्त अगाडि देखिउका छन् । धेरैजसो लघुवित्तको लाभांश घोषणा बाँकी हुँदा लगानीकर्ताहरु लघुवित्तको सेयर खरिदतर्फ आकर्षिकत बनेका हुन् । झण्डै पाँच दर्जन लघुवित्त कम्पनीहरु नेप्सेमा सूचीकृत रहेपनि हालसम्म आधा दर्जन बढीको मात्र लाभांश घोषणा भएको छ । लाभांशमा आधारित लगानी गर्ने बढ्दा लघुवित्तको सेयरमूल्यमा धेरै वृद्धि देखिएको हो । सोमबार झिनो अंकले बढेको बजारमा मंगलबार दोहोरो अंकको वृद्धि देखिएपनि कारोबार रकम एक अर्बभन्दा तल नै रहेको छ । सानो पुँजीकरण भएका कम्पनीको सेयरमूल्यमा आएको वृद्धि र नेपाल टेलिकमको सेयरमूल्य करिब २ प्रतिशतले बढेपछि नेप्से वृद्धिमा…
