Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो ।
काठमाडौँ: कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा पोर्चुगललाई १ – ० ले हराउँदै मोरक्को पहिलाे पटक सेमिफाइनमा प्रवेश गरेको हो । यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल नै निर्णायक भयो । अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।खेल अवधिभर निरन्तर आक्रमण गरिरहेको पोर्चुगलले गोल भने गर्न सकेन ।
काठमाडौँ: सुनको मूल्य पछिल्लो समय निरन्तर आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा उच्च मागका कारण स्थानीय बजारमा सुनको भाउ साढे एक लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ १ लाख रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ पनि बढेर तोलाको १ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।अघिल्लो दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँ तथा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ,…
काठमाडौं: इंग्ल्यान्डलाई पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार राति कतारको अल बायत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक-एक गोल गरे।इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी गोल फर्काए। केन अर्को एउटा पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको कतार विश्वकप यात्रा टुंगिएको हो। खेलको १७ औं मिनेटमा फ्रान्सका लागि गोल गर्दै चुवामेनीले सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १ शून्य गोल अन्तरमा सकिएको खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ को बराबरीमा फर्काएका थिए। खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै…
काठमाडौँ: निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु भएको जनाएको छ । प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गरिने बताएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र…
काठमाडौं: पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुने दोस्रो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टीशूटआउटमा हराएको थियो । क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने…
काठमाडौँ: समानुपातिक सांसद छनोट गर्नका लागि शुक्रबार बस्न लागेको नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। समानुपातिका सिटमा पठाउने नाम छनोटका लागि एमालेको बैठक बस्न लागेको थियो। अध्यक्ष केपी शर्माको ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्न लागेको बैठक स्थगित भएको जानकारी एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिएका छन्। यो बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने तयारी थियो। निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरूलाई पत्र पठाउँदै समानुपातिकतर्फका सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ।
काठमाडौँ: सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरू विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त पत्र बदर गर्न माग राख्दै रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप…
काठमाडौं: खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् । उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए । ‘विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरे बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिन्छ, काठमाडौंवासीलाई बारम्बार मेलम्चीको पानीको लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रुपमा…
काठमाडौं: सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत वैशाखपछि शुक्रबार सुनको कारोबार मूल्य तोलामा लाख नाघेको हो। बिहीबारका तुलनामा तोलामा ६ सय रुपैयाँ बढेको हो। बिहीबार प्रतितोला ९९ हजार ७ सय र बुधबार ९९ हजार ३ सयमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बलियो हुँदा नेपालमा त्यसको असर परेको हो। गत वैशाख ५ गते तोलाको १ लाख २ हजार ५ सयसम्म पुगेको मूल्य क्रमिक घटेको थियो। घटबढ भइरहँदा ६ महिनापछि पुनः लाखबाट माथि उक्लिएको हो। चालु महिना सुनको मूल्य तोलाको…
