काठमाडौँ: सुनको मूल्य पछिल्लो समय निरन्तर आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा उच्च मागका कारण स्थानीय बजारमा सुनको भाउ साढे एक लाख रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ १ लाख रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ पनि बढेर तोलाको १ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँ तथा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९८ हजार ८०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदीको भाउ ३० रुपैयाँले बढेको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको भाउ निर्धारण गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७९७ डलर र चाँदी प्रतिऔसत २३.४८ आसपासमा कारोबार भइरहेको छ ।
