Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले अहिलेको पाँच दलीय सरकार जनताबाट निर्वाचित नभएको बताएका छन्। नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘यो जनताबाट निर्वाचित भएर आएको सरकार होइन। अहिले लोकतन्त्र ढाल्नका लागि अहिलेसम्मका उपलब्धी सक्नका लागि पाँच पार्टी एक भएका छन्’, उनले भने, ‘माधव नेपालको पार्टी पनि अवैध ढंगले दर्ता भएको छ। हामीले निकालेका मान्छेहरु सांसद भनेर, केन्द्रीय सदस्य भनेर हिँडेका छन्। सभामुख तमासा देखाइरहेका छन्।’ आफूले देशलाई चुनावमा लैजाने निर्णय सही रहेको पनि उनले जिकिर गरे। ‘यो सरकार जनताबीच जान डराइरहेको छ। चुनाव हुँदैमा प्रतिगमत हुँदैन। १ वर्षपछि…

Read More

काठमाडौं: अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २-१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो । खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल खाएको थियो । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्स विरुद्ध नेपाललाई दिलाएकी थिइन् । पहिलो हाफमा अग्रता कायम राखेको नेपालले ८९ मिनेटसम्म फिलिपिन्स विरुद्ध अग्रता कायम राखेको थियो…

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २४३, झापामा ९६, ललितपुरमा ६६, कास्कीमा ५७, काभ्रेमा ५१, रुपन्देहीमा ४१, कैलालीमा २९, नुवाकोटमा २७,…

Read More

काठमाडौँ, २ असोज: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ÷नौ खोप केन्द्र तोकिएको छ । यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात…

Read More

काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताउनुभएको छ । स्व गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा आज आयोजित कार्यक्रममा उहाँले सत्ता गठबन्धका आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले भन्नुभयो, “झण्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्न नसकेपछि काँग्रेस नेतृत्वमा सरकार निर्माण भएको हो, सबैलाई मिलाएर लैजाँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।” काँग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास रहेको उहाँको भनाइ छ । नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना…

Read More

सिबी अधिकारी काठमाडौँ, २ असोज (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदान गर्ने गहन जिम्मेवारी भने प्रधानमन्त्री देउवाकै काँधमा छ । अर्कातर्फ मुलुक कोभिड–१९ महामारीको कहरमा गुज्रिरहेका बेला नयाँ सरकार निर्माण भएकाले पनि यो सरकारलाई काम गर्न त्यति सजिलो भने छैन । पाँच दलीय गठबन्धनको सहयोगमा काग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । यो सरकार निर्माणसँगै देश कोभिड कहरको मारमा परेको मात्र नभएर देशमा प्राकृतिक…

Read More

काठमाडौँ, २ असोज: काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ । –––

Read More

काठमाडौँ २ असोज : आजबाट साता ब्यापी इन्द्रजात्रा पर्व सुरु भएको छ। आज बिहान ६:३० बजे इन्द्रध्वोज लिङ्गो उठाएपछि इन्द्रजात्रा पर्वको विधिवत सुरुवात भएको हो। ७:३० बजेको साइतभित्र लिङ्गो उठाइएको थियो।

Read More

काठमाडौँ, २ असोज (रासस) : ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशँैसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भन्नुभयो, “अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।” विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौँ शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले…

Read More

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले अर्को हार व्यहारेको छ । ओमानमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । अल अमिरातमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर मात्र १७४ रन जोड्यो, जुन अमेरिकाले मात्र २९.३ ओभर खेल्दै ४ विकेट गुमाएर भेट्टायो । अमेरिकाका लागि ओपनर स्टिभन टेलरले सर्वाधिक ९२ रन बनाए । २२ रन बनाउँदा २ विकेट गुमाएको अमेरिकाको पारी उनले नै सम्हालेका थिए । उनले मोनांक पटेलसँग तेस्रो विकेटका लागि ९७ रनको…

Read More