Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी पाँच दलको बैठकले गठबन्धनलाई दरो बनाएर लैजाने तथा ‘प्रतिगमन’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको छ । बैठकले सरकारका ‘असंवैधानिक कदम’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका हुन् । उनले भने,‘बैठकमा गठबन्धनलाई दरो बनाएर लैजाने र प्रतिगमनविरुद्ध खरो उत्रिने निर्णय भएको छ ।’ बैठकमा सहभागी एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले गठबन्धनलाई थप मजबुत बनाएर लैजानुपर्ने बताएको अध्यक्ष यादवले जानकारी दिए । नेता नेपालको भनाइ उद्धृत गर्दै अध्यक्ष यादवले भने,‘माधवकुमार नेपालले समेत सहकार्य जारी रहने र अब केपी ओलीसँग कुनैपनि अबस्थामा सहकार्य नहुने…

Read More

काठमाडौँ: जारी यूरो कप फुटबलमा वुधबार भएको फ्रान्स र पोर्चुगलबीचको खेल २-२ को बराबरी भएको छ । योसंगै पोर्चुगल र फ्रान्स आफ्नो समूह एफ बाट अन्तिम १६ मा प्रवेश गरेको छ भने सोही समयमा भएको सोहि समुहको अर्को अर्को खेलमा भने जर्मनी र हंगेरी पनि बराबरी खेलेको छ। हंगेरीको बुदापेस्टमा भएको खेलमा पोर्चुगलले दुवै गोल पेनाल्टी मार्फत गरेको थियो भने फ्रान्सले पनि एक गोल पेनाल्टीमा गरेको हो। फ्रान्स र पोर्चुगलका लागि करिम बेन्जमा र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो दुई दुई गोल गरेका हुन्। यो समूहमा जर्मनी र पोर्चगलको समान ४ अंक रह्यो भने समूहको शिर्षस्थानमा रहेको ५ अंक रह्यो। हंगेरी समूह…

Read More

काठमाडौँ: पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल निकट युवा नेता जीवन राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्। एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए। आयोगको जेठ ३० गतेको बैठकको निर्णय अनुसार आज प्रमाणपत्र प्राप्त गरेको उनले बताए। राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम छ। दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताए। ‘यो बीचमा हामीले सबै पार्टीका नेताहरुसँग कुरा गर्यौं’, उनले भने, ‘सबै कम्युनिष्टहरुलाई एकीकृत बनाउनका लागि नेकपा (एकीकृत) बनाएका हौं।’ उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम…

Read More

काठमाडौं: विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो । बैठकका लागि नेताहरु देउवा निवासमा पुगेका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

Read More

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान तत्काल गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्दै थप स्पष्टको लागि उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाइ शाखा प्रमुख बुद्धिसागर लामिछानेले जुलाई १ अर्थात् असार १७ गतेबाट आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान तत्काल खोल्ने निर्णय भएको बताए। यसअघि मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले आइतबारबाट सुरु हुने नेपालखबरसँग बताएका थिए। मन्त्रालयले सूचना नै जारी गर्दै असार १७ बाट कुल उडान संख्याको ५० प्रतिशत बढ्ने गरी आन्तरिक उडान गर्ने जनाएको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडान उडान…

Read More

काठमाडौँ: नेपाल टेलिकमले बुधबार बिहान अप्रत्याशित सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । एक विज्ञप्ती जारी गर्दै कम्पनीले कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भएपनि बुधबार अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको जनाएको हो । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको जनाएको छ । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको…

Read More

काठमाडौँ:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ । अख्तियारले कर फर्छ्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र शर्माविरुद्ध भ्रष्टाचार आरोप पत्र दायर गरेको हो । उनीहरुले मनोमानी ढङ्गबाट १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छुट दिएको आयोगले जनाएको छ । उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पु¥याई बदनियतपूर्ण काम गरेको स–प्रमाण पुष्टि भएको…

Read More

काठमाडौँ: बुधबार थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ७४६१ जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल १२ हजार ४ सय १४ नमूना परीक्षण गरिएको थियो। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै, ५२ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। अहिलेसम्म ५० हजार ५२० सक्रिय संक्रमित छन्।

Read More

काठमाडौँ: पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको एक्सनपछि १८८ अंकको गिरावटपछि मंगलबार करिब ८० अंकले बाउन्स ब्याक भएकोमा बुधबार पुन नेप्से ५० अंक बढीले घटेको छ । पछिल्लो राजनैतिक घटनाक्रम र बजारमा बुधबार फेरि सूचक घटेपछि लगानीकर्ताहरु सस्तो मूल्यमा मात्र खरीद गर्ने मनोभावमा देखिए । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्राधनमन्त्री केपी शर्मा ओलीको विस्तारित मन्त्रिपरिषद्मा सामेल २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको थियो । यसले पनि बजारमा प्रभाव पारेको देखिन्छ । जसका कारण किन्ने र बेच्ने बीच चर्को बार्गेनिङ्गका कारण कारोबार रकम पनि बुधबार घटेको छ । असार १ गतेदेखि घट्न थालेको बजार ८…

Read More

काठमाडौं: वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभाका बहुमत सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । संसद विघटन मुद्दामा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिले १४९ सांसदको हस्ताक्षरलाई अस्वीकार गरेर सांसदहरुको अधिकार हनन् गरेको जिकिर गरे । उनले राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा अस्वीकार गरेको कदम सच्याउनुपर्ने बताए ।

Read More