Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो पार्टी वैकल्पिक सरकारको पक्षमा नरहेको जानकारी गराएका छन्। राष्ट्रपति भवन शितल निवास पुगेर ठाकुर र महतोले अर्का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका लागि पार्टीको सिफारिस ल्याएमा नमान्न समेत आग्रह गरेको स्राेतले बतायो। यादव दोस्राे वरियताको अध्यक्ष भएको र निर्वाचन आयोगमा समेत ठाकुरकै हस्ताक्षर चल्ने जानकारी ठाकुर र महतोले राष्ट्रपतिलाई गराएका थिए। तर जसपाको विधानमा अध्यक्षहरुको वरियता नतोकिएको यादव पक्षीय नेताहरुको भनाई छ। जसपका अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री केपी ओलीकै निरन्तरताको पक्षमा छन् भने अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा…

Read More

काठमाडौँ: नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन्। राजीनामा तयार पारिसकिएको र बिहीबार बिहान सोको जानकारी संसद् सचिवालयलाई दिइने एक नेताले बताए। ती सांसदले २८ जनाले राजीनामा पत्रमा हस्ताक्षर गरेको पनि बताए। तर, उनका अनुसार कांग्रेस नेतृत्वमा गठनबन्धन सरकार बन्न आवश्यक सांसदले मात्र राजीनामा बुझाउने तयारी छ। ‘२८ जनाको राजीनामा दिनेगरी हामीले तयारी गरेका छौँ, भोलि समयमै राजीनामा दिन्छौँ,’ ती नेताले भने, ‘कांग्रेसको नेतृत्वमा बहुमत पु¥याउन आवश्यक संख्याले मात्र पनि राजीनामा दिनसक्छौँ।’ ‘हामीले फर्स्ट आवरमै राजीनामा दिएको जानकारी संसदमा गराउनेछौँ,’ ती सांसदले भने। सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका केही नेताहरुले भने अझै पनि अध्यक्ष…

Read More

काठमाडौँ: निजी अस्पताललाई आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सयभन्दा बढी बेड क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो। तत्काल अक्सिजन प्लान्ट सञ्चालन गर्ने अस्पताललाई सरकारले सहजीकरण गरिदिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। ‘उहाँहरूले प्लान्ट सञ्चालन गर्ने हो भने सरकारले फ्लाइट व्यवस्थापन गरिदिन्छ, भारतबाट ल्याउनुछ भने कूटनीतिक पहल गरेर ल्याउन सहयोग गर्छ,’ डा. गौतमले भने, ‘सबै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्नैपर्छ, यसरी हुँदैन।’ निजी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै बिरामी भर्ना लिन छाडेका छन्। तर अक्सिजनले जति भ्याउँछ त्यतिलाई मात्रै भर्ना गर्ने, अक्सिजन प्लान्ट…

Read More

काठमाडौँ, २९ वैशाख (रासस) : मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो । तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ । नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो । अहिले अन्तरराष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित सङ्ख्यामा…

Read More

मकवानपुर, २९ वैशाख: वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक/एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो । वाग्मती प्रदेशमा पछिल्लो २४…

Read More

भक्तपुर, २९ वैशाख (रासस) : भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ । जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भाँैतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गर्नुभएको हो । “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले ट्वीटमा भन्नुभएको छ । आज नेपालसहित विश्वभरि नै ‘नर्स ः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै…

Read More

काठमाडौँ, २९ वैशाख: नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । त्यसअघि आज बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो भने पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । कोरोना…

Read More

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन्। काठमाडौं महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोविड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डा. अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गरेका हुन्। सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सिमित भएको र जिम्मेबार निकायले दायित्व पुरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताएका हुन्। उनले भने, ‘हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ। यसको उदाहरण मेरो अस्पतालको दिन्छु। हामीलाई…

Read More

काठमाडौँ: कोरोना महामारी बढ्दै गएकाले आगामी ३ हप्ता अत्यन्तै कठिन हुने देखिएको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताएका छन्। यसर्थ आगामी ३ हप्ता घरभित्रै बस्न र अति सुरक्षा अपनाउन उनले सुझाव दिएका छन्। ‘आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था छ, दुःख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं,’ उनले भनेका छन्, ‘जीवनको तुलनामा दुःख सानो हो।’ खाद्यान्न पनि सकभर दैनिक किन्ने नगर्न र आगामी ३ हप्ता भेटघाट बन्द गर्न उनले अनुरोध गरेका छन्। उनका अनुसार पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भन्ने सम्झेर निस्किनै परे डबल मास्क लगाएर र ६ फिटभन्दा धेरै दूरी कायम…

Read More