Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । त्यसका लागि प्रम ओलीले आफू निकटका नेताहरुसँग परामर्श थालेका छन् । ‘राष्ट्रिय रुपमा उठेका विषयहरुमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने गृहकार्य भइरहेको छ ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘कहिले बोलाउने भन्ने समय फिक्स भएको छैन । तर एकदुई दिनभित्रै हुन्छ होला ।’ नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला सर्वदलीय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री रहेको पुष्टि गरे । उनले बैठकमा छलफलका एजेण्डाबारे औपचारिक रुपमा थाहा भैनसकेको भन्दै राष्ट्रिय विषयमा नै छलफल हुनसक्ने बताए ।

Read More

काठमाडौं: काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याइँदै गरेको उच्च स्रोतले जानकारी दिएको छ । उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ । ०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२…

Read More

काठमाडौँ: शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई सरकारले कारबाही गर्ने भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा सरकारी छाप दूरूपयोग गरेको ठहर गर्दै कारबाहीको पक्रिया अघि बढाइएको हो । सरकारी अनुमतिबिना निसान छाप प्रयोग भएको कागजात सार्वजनिक गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही अघि बढाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । प्रतिलिपि अधिकार उल्लङ्घन भएको हुँदा कानुन बमोजिम कारबाहीको लागि पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाएका छन् ।

Read More

काठमाडौँ: अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

Read More

काठमाडौँ: सरकारले काठमाडौँ–रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न डीपीआर तयार गर्न भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेकोमा अनुमति प्रदान गरिएको जानकारी दिए । रेलमार्ग निर्माणको डीपीआर तथा निर्माण कार्य अगाडि बढाउन भारतले गएको भदौमा नेपाल सरकारसँग औपचारिक अनुमति मागेको थियो । रेलमार्गको डीपीआरसहित सम्पूर्ण निर्माण कार्य सुरु गर्नुअघि भारतद्वारा पठाइएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो रायसहित डीपीआर लगायत निर्माण कार्य अगाडि बढाउन स्वीकृति प्रदान…

Read More

 झापा, २१ मङ्सिर (रासस) : झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उहाँको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उहाँको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने…

Read More

काठमाडौँ: सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् । सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । गत मंसिर १० गते बुधबार बसेको मन्‍त्रिपरिषद बैठकले उचाइ…

Read More

बुटवल: कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनी आएर मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे । लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा पर्यटक नआएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले मन्दिर खोल्न एक महिनाअघिदेखि माग गर्दै आएका थिए । विश्वव्यापी कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाउने गरी खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले बताए ।…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएका केहि गम्भीर समस्याका विषयमा जनआन्दोलन र संविधान निर्माणमा सहभागी राजनीतिक दलहरुको एक सर्वदलीय बैठक आयोजना गर्नुपर्ने बताएका छन। आइतबार नेकपा कार्यालयमा भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सो धारणा राखेका हुन्। अहिले कोरोना महामारीको कारण उत्पन्नल संकटदेखि सडकमा अहिले संविधानका मुलभूत विषयकै विरोधमा भइरहेको विरोधबारे छलफल गर्न सर्वदलीय बैठक आवश्यक देखिएको उनले बताएका छन्। ‘गणतन्त्र र संघीयताको विरोधमा सडकमा भैरहेको प्रदर्शनको विषयमा बैठकमा कुरा उठेपछि दाहालले जनआन्दोलन र संविधान जारी गर्ने दलहरुको बैठक राख्ने बताउनु भयो,’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘ठ्याक्कै मिति नभने…

Read More

काठमाडौँ: युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रवर्धित गुरु ईन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकङ सिस्टम बजारमा ल्याएको छ । यो सिस्टमभित्र एस.एम.एस. बैंकिङ, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, एटिएम बैंकिङ, मिस्ड कल बैंकिङ, ट्याबलेट बैंकिङ, एबीबीएस जस्ता अत्यधुनिक सेवा-सुविधा रहेको गुरु इन्फोसिसले जनाएको छ । गुरु कोर बैंकिङ सिस्टम Software as service को अवधारणाका साथ बजारमा आएको छ । उक्त सफ्टवेयर क्लाउडमा चल्ने भएकाले सहकारीको आफ्नो डाटामा २४*७ सुरक्षित तवरमा पहुँच हुनेछ । गुरु कोर बैंकिङ सिस्टभित्र सदस्यहरूको शेयर, बचत, ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेज, Spread calculation, cost…

Read More