Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले एक जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पेम नारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सत्तामा नभए पनि विकास निर्माणका लागि प्रतिबद्ध रहेको जनाए । उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि सङ्घर्ष गर्नुपर्नेमा पनि जोड दिए । कांग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो । बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको उनले आरोप लगाए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर…
काठमाडौं: प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी बिहीबार साँझ डिस्चार्ज भएका हुन् । कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स्वाब परीक्षणका लागि दिएका केसीको रिपोर्ट कात्तिक २८ गते पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका केसी आज डिस्चार्ज भएका हुन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। योसँगै उपत्यकामा कोरोना मात्रै कोरोना संक्रमितको संख्या १ लाख १० हजार ९४० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५ , ललितपुरमा…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पगुेका छन् । मन्त्रिपरिषद्को बैठक अगावै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न शीतलन निवास पुगेका हुन् । मन्त्रिपरिषद्को बैठक दिउँसो ४ गते बालुवाटारमा बस्दैछ । प्रधानमन्त्रीको सचिवालयकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता सरकार प्रमुखको तर्फबाट नियमित जानकारीका लागि भेट भएको हो । आजको भेटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे पनि छलफल भएको स्रोतले जानकारी दियो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अोली बुधबार बसेको सचिवालय बैठकमा अनुपस्थित भएका थिए । प्रधानमन्त्री अनुपस्थित भएको उक्त बैठक २० गतेका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीले सचिवालय बैठकको औचित्य…
काठमाडौं: तनहुँमा दुईवर्षअघि बनेको पुल उद्घाटन गर्ने क्रममा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच तनाब बढेको छ । तनहुँ व्यास नगरपालिकाको १, १० र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गर्न पुगेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रशासनले रोकेको थियो । निषेधाज्ञाको उलङ्घन गर्दै पुल उद्घाटन गर्न तम्सिएको भन्दै पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझमात्रै रिहा गरेको थियो । पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई तनहुँ–१ का सांसद कृष्णकुमार श्रेष्ठले प्रशासन उचालेर धरपकड गर्न लगाएको र कानुनको दुरुपयोग गरेको कांग्रेसको ठहर छ । त्यसको प्रतिवाद गर्दै आजै कांग्रेसले जुलुससहित तालघरे दुम्सीचौर सडकको…
काठमाडौं: आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बेलुकी ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । नियमित बैठक बस्न लागेको बताइएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गरेको छ।
काठमाडौं: सुनको मूल्य लगातार उकालो लागिरहेको छ। अघिल्लो दिनभन्दा १६ सयले बढ्दै बिहीबार कारोबार मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य तीनदिनमा तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । मंसिर महिना सुरु भएपछि घट्न थालेको सुनको मूल्य दुइ सातापछि लगातार बढ्न थालेको हो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार मूल्य एक हजार २सय ५ रुपैयाँ कायम भएको छ । बुधवार तोलामा ३०…
काठमाडौँ: सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ। यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ। त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।
हुम्ला: सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् । आज बिहान ४ बजेदेखि लागेको आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन । सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आलगाली…
