काठमाडौं: सुनको मूल्य लगातार उकालो लागिरहेको छ। अघिल्लो दिनभन्दा १६ सयले बढ्दै बिहीबार कारोबार मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य तीनदिनमा तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । मंसिर महिना सुरु भएपछि घट्न थालेको सुनको मूल्य दुइ सातापछि लगातार बढ्न थालेको हो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार मूल्य एक हजार २सय ५ रुपैयाँ कायम भएको छ । बुधवार तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार एक सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्टिय बजारमा सुनको मूल्य उकालो उकालो लागिरहेको कारण स्थानीय बजारमा त्यसको प्रभाव परेको हो। आज सुन प्रतिऔंस १८३३.९९ डलर र चाँदी २३.९८ डलरमा कारोबार भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
