Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रुकुमपश्चिम: रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति दिने जिल्लाको पहिलो पालिकाका रूपमा चौरजहारी नगरपालिकाले बुधबार देखि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो । सेवा सुरु गरेकै दिन चौरजहारी नगरपालिका वडा नम्वर १० का धर्म रानाले श्रम स्वीकृति लिनुभएको चौरजहारी नगरपालिकाका रोजगार संयोजक कृष्ण शर्माले जानकारी दिनुभयो । श्रम स्वीकृत गर्न आउनुभएका सेवाग्राही रानालाई कार्यालयमा स्वागत गर्नुका साथै श्रम स्वीकृति प्रदान गरिएको शर्माले बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जान चाहने नागरिकले रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सक्ने जनाउनुभयो । त्यसका लागि रोजगार सेवा केन्द्रमा आवेदन गर्नुपर्ने हुन्छ । चौरजहारी नगरपालिकाका उप प्रमुख…

Read More

काठमाडौँ: भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ। प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ। पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल,…

Read More

काठमाडौँ: सय केजी सुन तस्करी प्रकरणमा संलग्नहरू पक्राउ पर्न थालेका छन्। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ। विभागबाट खटिएको टोलीले बिहीबार(४ असार) साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ। काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्। पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ। विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।…

Read More

काठमाडौं: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती…

Read More

काठमाडौँ: चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो । “वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि, निर्देशिका,…

Read More

काठमाडौं: सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ १९ गते सुनको मूल्यले विगतको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको थियो । गत जेठ १९ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्यको रेकर्ड तोड्दै बिहीबार सुनको मूल्यले इतिहास कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघअनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५…

Read More

काठमाडौं: भन्सार विभागले ब्रेक सु मा सुन लुकाएर जाँचपास हुँदा भएका काम कारबाहीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ । विभागले सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार विभागको अनुसन्धान तथा अनुपालन शाखा प्रमुख मान बहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । पौडेलको नेतृत्वमा गठन भएको समितिलाई भन्सार कार्यलयका सीसीटीभी फुटेज र अन्य विषय अध्ययन गर्दै तस्कारीमा मिलोमतो गरेका भन्सार कार्यालयका कर्मचारीको पहिचान गर्ने जिम्मेवारी दिईएको छ । विभागका सूचना अधिकारी खड्काले समितिलाई भन्सार विन्दुबाट त्यती ठूलो परिणाममा सून कसरी बाहिरियो भन्ने विषयमा अध्ययन गर्दै प्रतिवेदन बुझाउने जिम्मेवारी दिईएको जानकारी दिए । बुधबार बेलुका राजस्व अनुसन्धान विभागले…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन गर्ने भएको छ। विमानस्थलको भन्सार जाँचपासमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। छानबिन गर्न विभागले समिति बनाउने तयारी गरिरहेको उनले बताए। ‘अहिले हामी छलफलमा छौं। क-कसलाई निलम्बन गर्ने भनेर हेर्दैछौं,’ उनले भने, ‘छानबिनका लागि जाँचपासमा संलग्नलाई निलम्बन गर्ने र अरू थप व्यक्तिहरू खुले उनीहरूलाई पनि गर्ने हो।’ राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन। क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा…

Read More

काठमाडौं: राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । सुन हङ्कङबाट आएको खुलेको उनले जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले आजसम्ममा धेरै कुराहरु खुल्ने उनले बताए ।

Read More

महाबचत बजार अभियानको लागि कृषि विकास बैंकको सम्झौता काठमाडौँ: कृषि विकास बैंकले नेपालको अग्रणी अनलाइन ईकमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपाल सँग सम्झौता गरेको छ । दराज नेपाल अनलाईन ई(कमर्स प्लेटफर्म हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट ,अरुण फुयाँलले हस्ताक्षर गरेका थिए । दराज अनलाईन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरु खरिदमा कृषि विकास बैंकको कार्ड प्रयोग गर्दा ग्राहकले उल्लेख्य छुट पाउनेछन् । सम्झौता बमोजिम महाबचत बजार अभियानमा ग्राहकहरूले अब प्रि-पेमेन्टमा…

Read More