Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौं- केरुङ रेलमार्ग अध्ययन गर्ने चिनियाँ प्राविधिक टोली पुनः नेपाल आएका छन् । चीनको नयाँ वर्ष मनाएर ९ जनाको प्राविधिक टोली अध्ययनका लागि नेपाल आएको हो । गत पुस १२ गते सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोली पहिलो चरणमा अध्ययन गर्ने स्थानको सामान्य निरीक्षण गरी चीन गएको थियो । करिब दुई महिनापछि फर्किएको ९ जनाको प्राविधिक टोली एक साताभित्र अध्ययनका लागि फिल्डमा जाने तयारीमा रहेको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए । ‘प्राविधिक टोलीले अध्ययनको काम अघि बढाउने छ,’ उनले भने, ‘हेलिकप्टर, हवाई जहाज, ड्रोनका माध्यमबाट समेत अध्ययन गरिने छ ।’ अध्ययनमा आवश्यकता अनुसार प्राविधिक विज्ञ थपिँदै जाने उनको…
काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गर्ने बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गर्ने बताएका हुन् । ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपील गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ । केही दिनमा समाजवादी मोर्चा बन्छ’ उनले भने । आफूहरु चुनौती…
काठमाडौँ: नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् । शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।
काठमाडौँ : सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावक अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रूपाकुमारी यादव रहेका छन् भनेसमर्थकमा गोमालाभ सापकोटा, विनिताकुमारी सिंह , वसन्तकुमार कुहवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन् । सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।
काठमाडौँ: उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले उजुरी दर्ता गराएका छन् । बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि निर्वाचन कार्यक्रम तालिका अन्तर्गत उम्मेदवार विरुद्धको दावी विरोधको कार्यक्रम सूरु भएपछि बर्तौलाले यादवको उम्मेदवारी विरुद्ध उजुरी गरेका हुन् । उजुरीमा नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६ को ५ अनुसार पनि उपराष्ट्रपतिको लागि उमेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्तिभन्दा फरक लिङ्ग वा समुदायको…
काठमाडौँ: जसपा नेपालबाट रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको निर्णयअनुसार यादव शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।
काठमाडौं: राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ। जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार शनिबार उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ। शनिबार बिहान ९ बजे देखी २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको हो। आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ। यसैगरी आज उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सूचना जारी गर्नेदेखि उम्मेदवारको नाम सार्वजनिक गर्ने दाबी विरोध गर्नेसम्मको कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।
काठमाडौँ: सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् । निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको उल्लेख छ…
काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको आज प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एयरलाइन्सको उडान फुकुवा गरिएको छ । “श्री एयरलाइन्सको उडान फुकुवा भयो, तर एयरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र आज प्राविधिक जाँचपछि देखिएका विषय र प्राधिकरणका सुझाव पालना गर्नुपर्ने सर्तमा उडान फुकुवा गरिएको हो”, उनले भने । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले…
काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन्। ताेकिएकाे उमेर नपुगेका कारण उनी उपराष्ट्रपतिको उम्मेदवार हुन नसक्ने देखिएकाे हो। नेपालको संविधान, २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ। तर, संसद् सचिवालयका अनुसार रञ्जिताको उमेर ४० वर्ष मात्र छ। नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।