Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । बुधबार बसेको कृषि विकास बैंकको सञ्चालक समिति बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि अर्थ मन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो। नवनियूक्त अध्यक्ष निजामति सेवामा लामो अवधी सम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास प्राप्त पुडासैनीसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष पुडासैनीलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन्।…
काठमाडौं: हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। हिमालयनको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने गरी सेयर आदानप्रदान तय भएको हो। सम्झौतामाबमोजिम एकीकृत बैंकको नाम ‘हिमालयन बैंक’ नै छ। हिमालयनका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सिभिल पूर्णरुपमा विलय भएको हो। सोपछिको संचालक समितिमा सदस्यहरु सबै हाल हिमालयनका नै हुने पनि सहमति भएको हो। अर्थात्, नयाँ बन्ने बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक छैनन्। प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउँदै छन्। मर्जरपछि स्थापित बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ। कुल…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् । बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताए ।‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन । यस विषयमा शुक्रबार ओलीजीसँग फाइनल वार्ता गर्छु’, उनले भने । नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुङ्गो नभएको पनि उनले बताए । प्रचण्डले…
काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने व्यवस्था लागु भएको छ । ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै यस्तो नियम लागु गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी-कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै कोटेश्वर-भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी…
काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन्। देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित दुईवटै महासंघको आग्रह अनुरुप आवश्यक अध्ययनगरी नीति जारी गर्ने प्रतिवद्धता जनाएका हुन्। नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रतिनिधिमण्डलले विहिबार उनकै कार्यकक्षमा भेटगरी व्यवसायीले भोग्नुपरेका समस्या अवगत गराएका थिए। त्यसक्रममा उनीहरुले ब्यवसायीहरुको मागलाई राज्यले सम्वोधन नगरे ब्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने समेत बताएका थिए । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायवाट यसको सुनुवाई नभएको भन्दै उनीहरुलले यसप्रति असन्तुष्टि समेत जनाए । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको बोनस वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमूल्य घटेको छ। राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूको सुशासन र ऋणमा देखिएको समस्या समाधान गर्न एकीकृत निर्देशिका संशोधन गर्यो। संशोधित व्यवस्थाअनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ। लाभांश लिन योग्य रकम १५ प्रतिशतभन्दा माथि भएमा त्यस्तो रकमको ५० प्रतिशत जगेडा कोषमा जम्मा गरेर बाँकी ५० प्रतिशतको मात्रै लाभांश वितरण गर्नुपर्ने भएको हो। यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित…
काठमाडौँ: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कम्युनिष्ट घटक मिल्नका लागि खारेजीमा परेको नेकपा ब्युँताउनुपर्ने प्रस्ताव अघि सारेका छन्। बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको वार्ताका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन्। अध्यक्ष नेपालनिकट स्रोतका अनुसार पोखरेलसँग बिहीबार काठमाडौंमा भएको वार्ताका क्रममा उक्त प्रस्ताव अघि सारिएको हो। ‘यदि म राष्ट्रपतिमा अघि सर्नुपर्ने हो भने २०७७ फागुन २३ मा खारेज भएको नेकपा ब्युँताउन तयार हुनुपर्छ’, पोखरेलसँगको वार्ताका क्रममा नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘केपी कमरेड नेकपा ब्युँताउन तयार भएको अवस्थामा म राष्ट्रपतिमा अघि…
काठमाडौँ । न्यायाधीश समाज, नेपालले राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित हुने लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सेवा निवृत्त प्रधानन्यायाधीश वा न्यायाधीशलाई संविधानको कुनै पनि धाराले बन्देज नलगाएको जनाएको छ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १२ लगायतका कुनै कानुनले सर्वोच्च अदालतबाट सेवा निवृत्त प्रधानन्यायाधीश वा न्यायाधीश उक्त पदको निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने गरी कुनै व्यवस्था गरेको देखिँदैन’, समाजकोतर्फबाट अध्यक्ष ईश्वर खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनसम्बन्धी कार्यतालिकाको अधीनमा रहेर परेका उम्मेदवारी संविधान वा कानुनसम्मत रहे वा नरहेको कुराको निरूपण पनि निर्वाचन प्रक्रिया अन्तरगत नै हुन्छ ।’ समाजको विज्ञप्तिमा यस्ता कानुनी प्रक्रियाहरू कायम छँदाछँदै कतारोमा असान्दर्भिक र…
काठमाडौं: उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग सहितको टोलीले कलंकी-महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको छ । निरीक्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने बताए । चिनियाँ कम्पनीले काठमाडौंको चक्रपथ विस्तारको जिम्मा पाएको छ । कलंकी-कोटेश्वर खण्डको काम सम्पन्न भइसके पनि साइट क्लियर नहुँदा कलंकी-महाराजगञ्ज खण्डको काम बाँकी छ । सडकको अवस्थाको उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले आज बिहान निरीक्षण गरे । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले कलंकीदेखि…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका हुन्। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। ‘तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।’ दीक्षान्त समारोहलाई सम्बोधन…