Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट आर्जेको सीप, अनुभव र पूँजिलाई प्रभावकारी परिचालन नगरे मुलुक वैदेशिक रोजगारीको दुश्चक्रमा पर्ने बताएका छन्। मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दक्षिण कोरिया, स्विजरल्याण्ड जस्ता विकसित मुलुक कुनै समय वैदेशिक रोजगारको भुमरीमा परेको स्मरण गर्दै ती देशहरु आर्थिक समृद्धिमा योगदान गर्ने क्रियाकलापमा लगानी नगरेको भए अवस्था फरक हुने उल्लेख गरे। नेपाली युवा विदेश मात्रै गएका छैनन् फर्केका पनि छन् भन्ने तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री भण्डारीले गत सन् २०२३ र २०२४ मा १५ लाख विदेश गएका छन् भने ११ लाख फर्किएको बताए। “श्रम स्वीकृति…
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पढ्न तलको लिंकमा थिच्नुहोस https://drive.google.com/file/d/1UFFCX-ypz8_7pk9kQzDoftQ90jzajslU/view
मकवानपुर । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकारका लागि दाबी पेस गरेका थिए। नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ ग्रहण कार्यक्रम…
बहुविवाह संशोधनको व्यवस्था काठमाण्डौं २० साउनः गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधयेक समितिले कानून परिमार्जन गर्ने बताउनुभएको छ । मंगलबार बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको बैठकपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिदै गृहमन्त्री लेखकले बहुविवाह सम्वन्धी व्यवस्था, विवाहको उमेर सम्वन्धी, अग्रिम जमानत सम्वन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी÷माफी परिर्वतन सम्वन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र परिमार्जजन गर्नुपर्ने देखिएकाले विधयेक समितिमै उपसमिति बनाइएको जानकारी दिनुभयो । “बहुविवाहका सम्वन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेर सम्वन्धी व्यवस्था, अग्रिम जमानत सम्वन्धी व्यवस्था र सरकारको सिफारिसमा सम्मानित राष्ट्रपति ज्यूले गर्नुहुने संविधानकै व्यवस्था छ ।” विधयेक समितिका संयोजक…
काठमाडौँ: कुलिङ पिरियडसम्बन्धि छानबिन समितिको प्रतिवेदन मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ। २१ घन्टा लामो बैठकपछि समितिले प्रतिवेदन सर्वसम्मत रूपमा टुंगो लगाएको हो। सभापति जीवन परियारले सर्वसम्मत रुपमा प्रतिवेदन पारित भएको सेतोपाटीलाई जानकारी दिए। कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिसम्बन्धी छानबिन गर्न गठित समितिले विधेयक निर्माण गर्दा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ। समितिले कुलिङ पिरियडसम्बन्धी त्रुटिका लागि सभापति रामहरि खतिवडालाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार देखाएको छ। त्यस्तै विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका सभापति खतिवडा र समिति सचिव सुरजकुमार दुरा उत्तिकै जिम्मेवार हुने ठहर गरेको छ। समितिमा भएका एक सांसदका अनुसार रातभरिको छलफलपछि बिहान सवा ४ बजे सभापतिलाई राजनीतिक…
काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा “श्रम संसार रोजगार पोर्टल” (www.shramsansar.gov.np) र “श्रम संसार एप” मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ। विभागले आज जारी गरेको सूचनामा भनिएको छ कि वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाइ राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहनेछ। तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत अपलोड गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो। सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत…
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले पछिल्लो अवस्थाबारे जानकारी लिँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् । बैठकमा खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’मा रहन र कुनै घटना भइहालेमा सकेसम्म क्षति हुन नदिन निर्देशन दिएका थिए । साथै उनले सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन…
काठमाडौँ: सूनको मूल्य मंगलबार प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, मंगलबार चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७०.६१ अमेरिकी डलर र चाँदी ३७.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए । ‘दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको हाम्रो निष्कर्ष हो’ उनले भने, ‘यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने निष्कर्षका साथ हामी सर्वोच्च अदालतमा निवेदन लिएर जान लागेको हो ।’ त्यसका लागि आदेश…
हेटौंडा । नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ । एमालेले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाउको हो । जसमा एक जना दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर रहेका छन् । उनै सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् । एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो । मुख्यमन्त्री बहादुरसिंह…