काठमाडौँ: सूनको मूल्य मंगलबार प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, मंगलबार चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७०.६१ अमेरिकी डलर र चाँदी ३७.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Facebook Comments Box
