Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले स्वरोजगार बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ विभिन्न सात शीर्षकमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार लक्षित ऋणीलाई व्याज अनुदान दिने र स्वरोजगार बनाउने लक्ष्य राखिएको छ । मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो । सरकारले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोडसम्म प्रदान गर्ने छ । यस्तै कार्यविधिअनुसार शिक्षित युवा स्वरोजगार कर्जा रु सात लाखसम्म तथा विदेशबाट फर्केका युवालाई रु १०…

Read More

काठमाडौँ : सरकारले करीब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्भेक्षण लाइसेन्स जारी गरिसकेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई जानकारी दिए । उनले भने, “२८ हजार मेगावाट बराबरको निजी क्षेत्रमा सर्भेक्षण लाइसेन्स जारी भइसकेको छ, चार हजार मेगावाट त निर्माणकै चरणमा छ ।” मुलुकका विभिन्न भागमा रहेका २२ वटा विद्युत् आयोजना निर्माणका लागि ग्लोबल आह्वान गरेकामा बूढीगण्डकीबाहेक अरु आयोजनाका लागि मात्र प्रस्ताव आएको जानकारी दिँदै मन्त्री पुनले भने, “बूढीगण्डकी बनाउन इच्छा देखाएको चिनियाँ कम्पनीले मात्रै हो, अरुले यो आयोजना मन पराएका छैनन् ।” विस्तृत…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको दुई महिनामा दुई प्रतिशत मात्रै पूँजीगत खर्च भएको पाइएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै दुई प्रतिशत पूँजीगत खर्च भएको पाइएको हो । शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा युवराज खतिवडाको समुपस्थितिमा सबै मन्त्रालयका सचिवको संयुक्त बैठकका क्रममा उक्त तथ्य पेश गरिएको हो । सो अवधिमा चालू खर्च रु ९६ अर्ब २५ करोड भएको छ । आव २०७४÷७५ मा त्यस्तो खर्च रु एक खर्ब १९ अर्ब १८ करोड रहेको थियो । त्यो भनेको कूल १५ प्रतिशत खर्च थियो भने चालु आवमा ११ प्रतिशत चालू खर्च भएको…

Read More

क्वालालम्पुर: वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुनुहुन्छ, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत हुनुहुन्छ । क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महीनामा रु १६ लाखभन्दा बढी कमाउनुहुन्छ । इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्नुहुन्छ क्षेत्री । “इमान र इज्जतसँगै दाम पनि…

Read More

काठमाडौ: बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल रुख कटानको विवादमा परिरहेका बेला अर्काे एउटा राष्ट्रिय गौरवको आयोजनाले लामो समयसम्म जरासम्बन्धी अल्झन खेप्नुपरेको तथ्य खुलेको छ । राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना अघि बढाउने सन्दर्भमा कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नलिएको भन्दै छ महीनाभन्दा बढी समय आयोजनाको काम अघि नबढाउन बाध्य तुल्याइएको तथ्य खुलासा भएको हो । राष्ट्रिय सरोकार तथा कार्यान्वयन समितिको शुक्रबारको बैठकमा आयोजना निर्देशक मधुकर रानाले भने, “कर्णाली नदीको पानीबाट त्यस क्षेत्रको ३८ हजार हेक्टरमा सिँचाइ पु¥याउने उद्देश्यका साथ निर्माण भइरहेको आयोजना अघि बढाउने सन्दर्भमा रुखको मात्र होइन, जरा हटाउनेसम्बन्धी अनुमतिको अल्झनसमेत खेप्नु…

Read More

जाकार्ता: मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए । “यस प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको छ,” पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले भने । मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्पपछि ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको छ । यस प्रकोपमा मारिएका र घाइते भएका प्रायः ७.४ म्याग्नीच्युडको भूकम्पबाट पिडित व्यक्तिहरु रहेका छन्…

Read More

काठमाडौँ: चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हँुदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो । रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।

Read More

काठमाडौँ: प्रदेश ७ को नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी राख्ने निर्णयविरुद्ध धनगढीमा शनिबार बिहानैदेखि अनिश्चितकालीन बन्द आह्वान गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपालीको कांग्रेसको नेतृत्वमा आजदेखि धनगढीमा अनिश्चिकालीन बन्द आह्वान गरिएको हो। बन्द आह्वानका कारण धनगढी बजार बन्द भएको छ भने यातायात पनि प्रभावित भएको छ। विभिन्न स्थानबाट गएका रात्री बसहरूलाई भित्रिन दिइए पनि दिवा सेवाका लामो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन्। साँझ ५ बजेपछि मात्रै लामो दूरीका गाडी चल्न दिने बन्दकर्ताले बताएका छन्। मोटरसाइकल चलाउन छुट दिइए पनि बन्दकर्ताहरूले रिक्सा, अटो रिक्साहरू चल्न दिएका छैनन्। बन्दकर्ताहरूले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन्। शनिबार परेकाले…

Read More

भिमदत्तनगर: कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला हत्याकाण्डबारे उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरका बासिन्दाले शनिबारबाट अनिश्चितकालिन धर्ना सुरु गरेका छन्। महेन्द्रनगरको मदनचोकमा आज बिहानदेखि स्थानीयहरुले अनिश्चितकालिन धर्ना सुरु गरेका हुन्। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म धर्ना जारी रहने सहभागीहरूले बताएका छन्। निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना बस्न बाध्य भएको अधिकारकर्मी माया नेगीले बताइन्। उनले प्रतिवेदन सार्वजनिक नगरेर सरकारले बलात्कारीलाई बचाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको बताइन्। उनले प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारवाही नगरेसम्म धर्ना जारी रहने र थप आन्दोलन गर्ने चेतावनी दिइन्। प्रतिवेदन सार्वजनिक नगरेर फेरि अर्को दिलीप विष्टजस्तै…

Read More

काठमाडौँ: यससाता नेप्से परिसूचकसंगै कारोवाररकममा उलेख्य सुधार आएको छ । साताको नेप्से परिसूचक गत साताकोको तुलनामा १२ दशमलब ११ अंकले बढेर अन्तिम दिन १ हजार २६७ दशमलब १८ अंकमा पुगेको छ । यससाता अमलब २९ अंक, बाणिज्य बैंक समूहको परिसूचक २३ दशमलब १ अंक, विकास बैंक २८ दशमलब ७ अंक, बित्त ३ दशमलब ७९ अंक, होटल ३३ दशमलब २९ अंक र जीवन बीमा १५ दशमलब ३ अंकले बढेको छ । त्यसैगरी, उत्पादन मूलक समूहको परिसूचक १७ दशमलब ३३ अंक र ब्यापार १२ दशमलब ५ अंकल बढेको छ । यधपी, जलबिधुत १० दशमलब ८९ अंक, निर्जीवन बीमा ८९ दशमलब २७ अंक…

Read More