काठमाडौँ: यससाता नेप्से परिसूचकसंगै कारोवाररकममा उलेख्य सुधार आएको छ ।
साताको नेप्से परिसूचक गत साताकोको तुलनामा १२ दशमलब ११ अंकले बढेर अन्तिम दिन १ हजार २६७ दशमलब १८ अंकमा पुगेको छ ।
यससाता अमलब २९ अंक, बाणिज्य बैंक समूहको परिसूचक २३ दशमलब १ अंक, विकास बैंक २८ दशमलब ७ अंक, बित्त ३ दशमलब ७९ अंक, होटल ३३ दशमलब २९ अंक र जीवन बीमा १५ दशमलब ३ अंकले बढेको छ ।
त्यसैगरी, उत्पादन मूलक समूहको परिसूचक १७ दशमलब ३३ अंक र ब्यापार १२ दशमलब ५ अंकल बढेको छ ।
यधपी, जलबिधुत १० दशमलब ८९ अंक, निर्जीवन बीमा ८९ दशमलब २७ अंक र अन्य १३ अंकले घटेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२ हजार ६०२ कारोबारबाट तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ बराबरका एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा २६ दशमलब ०२ प्रतिशत बढी हो ।
गत साता १८९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७ हजार ७०० कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (२३ करोड ३६ लाख १० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (३० लाख ८५ हजार कित्ता) को आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१८२७ वटा) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।