Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले नजिकिँदो चाडबाडलाई लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालन गर्ने भएको छ । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहुलियत पसलहरु संचालन गर्नेछन्। यस वर्षको सुपथ…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिवद्धय धर्मराज रोकााय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा विहीबार दिउँसो बबरमहलबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँबराबरको धनसम्पत्ति बेचविखनमा संलग्न रहेको अरोप लगोपछि उनीहरु फरार भएका थिए । यसअघि सोही प्रकरणमा १२ जनालाई पक्राउ गरिएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Read More

काठमाडौं: साँढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका पूर्व डिआइजी गोविन्द निरौला विहिबार साधारण तारेखमा रिहा भएका छन् । बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरेको थियो । महानगरीय प्रहरी त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालको प्रमुख हुँदा निरौलाले सुन तस्करी गरेको आरोप लागेको थियो । निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन भएको…

Read More

गुल्मी: राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका छन् । मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलार्य चालक राखेका हुन् । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला जनप्रतिनिधिले नै मोटरसाईकल चालक सम्म पनि भर्ना गरेपछि स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाईकलमा राखेर उनले भनेको ठाउँमा…

Read More

काठमाडौँ: सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ। एक साताअघि केजीको ६५ रुपैयाँमा पाइने चिनी अहिले ८० रुपैयाँ पुगेको छ। विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकेजी ५४ मा पाइने चिनी यहाँका सर्वसाधारण २६ रुपैयाँ महँगो तिर्न बाध्य छन्। विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य प्रतिकिलो ५९ यथावत राखेको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Read More

काठमाडौँ: ०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून रकममात्र देशले पाएको छ। दाता राष्ट्रहरूले प्रतिबद्धता गरेअनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभावित भएको छ। सरकारले २०७२ असारमा गरेको नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा ४ खर्ब १० अर्ब भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको प्राधिकरण प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए। उनका अनुसार ती दाता राष्ट्रले घोषणा गरेकोमध्ये ६७ अर्ब रुपैयाँ उद्धारमा खर्च भएको छ। प्रतिबद्धताअनुसार प्राप्त हुनु पर्ने ३ खर्ब ४३ अर्बमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भएको थियो। प्राधिकरणका योजना शाखाका उपसचिव चिरन्जीवी रानाले प्रतिबद्धताअनुसार दाताले रकम उपलब्ध नगराएको…

Read More

हुम्ला : तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिए । साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले रासससँगको कुराकानीमा भावुक हुँदै भने, “तीन महिनापछि छोराको कङ्काल पो देख्नुप¥यो ।” उक्त घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताउनुभएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र…

Read More

काठमाडौँ: नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ । छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउने भएको छ । कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी÷मुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको अवसर प्रदान गर्ने विषयलाई पनि नेपालले जोड दिनेछ । यसैगरी कामदारको सामाजिक सुरक्षा, न्यूनतम् सेवा सुविधा, २४ घण्टे बीमा, स्वास्थ्योपचारलगायत मुद्दा पनि छलफलका क्रममा नेपालले उठान गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए। प्रतिनिधिमण्डलले मलेशियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग…

Read More

काठमाडौँ: शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर रु सात लाखसम्म शैक्षिक कर्जा दिन पाउने छन् । मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो ।…

Read More

काठमाडौँ :सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको सम्भावनाबारे छलफल गर्न लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक बजारमा रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीको दरलाई न्यूनीकरण गर्न छलफल शुरु गरिएको बताए । उनले स्वदेशमै रोजगारी उपलब्ध गराउन सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् । श्रममन्त्री विष्टले आज सूचना प्रविधिका क्षेत्रमा रोजगारीको बृहत् सम्भाव्यताबारे कम्प्युटर एसोशियसन नेपाल (क्यान) महासङ्घका पदाधिकारीसँग छलफल गरे । सो अवसरमा मन्त्री विष्टले सूचना प्रविधि…

Read More