Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

धादिङ: बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो । आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको हो । पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुलाई गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ । आफुलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ । अन्याय सहन नसकेर अन्नतः आफु न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् ।, आजको नागरिक…

Read More

काठमाडौँ: घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । २ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव) सुरेश ठाकुरको बैंक खातामा २ करोड रुपैयाँभन्दा बढी रकम भेटिएको हो । उनी १२ साउनमा ३६ लाख ७२ हजार रुपैयाँ घुससहित बुटवलमा पक्राउ परेका थिए । अनुसन्धानका क्रममा बैंक खातामा अस्वाभाविक रकम देखिएपछि उनको सम्पत्तिको समेत छानबिन अघि बढाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । नगदसहित घर, जग्गालगायत सम्पत्तिको स्रोत के…

Read More

काठमाडौँ: दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो । दुसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो । चालकले जुत्ता लगाएर नलगाएर जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले जग्गाधनीलाई क्षतिपूर्तिको नीतिगत निर्णय गरेर मात्र सडक विस्तार गर्न सरकारका नाममा आदेश जारी गरेको छ । क्षतिपूर्ति र मुआब्जाबिनै घर भत्काउन खोजिएको भनी परेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सडक विस्तार विधिसम्मत प्रक्रियाबाट गर्नुपर्ने ठहर्‍याएको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सडक विस्तार सार्वजनिक हितको काम भएकाले जग्गा नदिने अधिकार जग्गाधनीलाई नरहने तर सरकारी निकायले विधिसम्मत रूपमा लिनुपर्ने व्याख्या गरेको छ । ‘संविधानले नागरिकका हक प्रत्याभूत गरेको छ भने तिनको हरहालतमा रक्षा र तिनको उपभोग सुनिश्चित गरिनुपर्छ,’ फैसलामा भनिएको छ, ‘सार्वजनिक हितका लागि जग्गा प्राप्त गर्दा क्षतिपूर्ति सुनिश्चित गरिनुपर्छ ।’ यो समाचार आजको कान्तिपुर…

Read More

भद्रपुर :सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारका क्षेत्रमा काम गर्दै आएको ‘हिमालयन एनिमल रेस्क्यु ट्रष्ट’ (हार्ट)को सहयोगमा सञ्चालित पाँच दिने शिविरमा दैनिक ४० का दरले सडक कुकुरको बन्ध्याकरण गर्दै आएको छ । उक्त नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो चौथोपटक हो । भद्रपुर रेविजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि यो नगरलाई प्राथमिकतामा राखिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए । डा चन्द्र राई, डा विशाल चौधरी,…

Read More

काठमाडौँ: चाडर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन्। विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ। महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण पिलर प्रमुख एवं प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौं उपत्यकामा अन्य समयको भन्दा चाडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउँछन्। महाशाखाले दिएको एक तथ्यांक अनुसार यही साउनको १ देखि बुधबारसम्म काठमाडौंमा ४६ वटा चोरी डकैतीका घटना भएका छन्। ती मध्ये २३ घटनाको सफल अनुसन्धान गरिएको र ४१…

Read More

काठमाडौँ : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनले पत्रकार बुधबार सम्मेलन गरी सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीले आरोपित व्यक्तिमाथि अझै अनुसन्धान नै शुरु नगरेकोे तर निर्दोष व्यक्तिलाई यातना दिइ पीडा दिएको जनाइएको छ । उक्त सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरोकारवालासँगको सङ्क्षिप्त बयान, स्थानीयसँगको छलफल तथा निर्मला पन्तको न्यायका लागि सङ्घर्षरत् ४० भन्दा बढी समाजका व्यक्तिसँग गरिएको छलफलको निचोडलाई प्रतिवेदनमा समेटिएको बताए । उक्त घटना अनुसन्धानका क्रममा भीमदत्त नगरपालिका– १५ का दिलीप विष्टलगायत केही व्यक्ति चरम यातनाका कारण मानसिकरुपमा विक्षिप्त भएका…

Read More

काठमाडौँ : नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले चाडबाडको मुखमा मूल्य वृद्धि नगर्न आग्रह गरेका हुन् । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको भाउ वृद्धि, बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन र कालोबजारीका कारणबारे सरकारको ध्यानाकर्षण गराए । सांसद रामवीर मानन्धरले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम गर्न सरकारलाई सुझाव दिए । सांसद देवेन्द्र पौडेलले दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने बताए । सांसदहरु गोपालबहादुर बम, अमृतादेवी…

Read More

काठमाडौँ :भारतमा जारी ४६औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे । अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टीमार्फत एक गोल फर्काए । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे पनि नेपाल सेमिफाइनल पुग्न सकेन । समूह चरणको दुई खेलमा पराजित भएको नेपालले अब पाँचौँ स्थानका लागि बिहीबार श्रीलङ्कासँग…

Read More

गौर : रौतहटको गरुडामा शव जलाउने विषयमा दोहोरो झडप हुँदा गोली चलेको छ । गरुडा नगरपालिका–९ श्रीपुरमा गम्हरीया टोल र श्रीपुर टोलबीच शव जलाउने क्रममा दोहोरो झडप भएको स्थानीय युवा राजकुमार दासले जानकारी दिए । गम्हरीया टोलबाट श्रीपुर टोलमा रहेको पैनीखोलामा शव जलाउन ल्याएपछि दोहोरो झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन दुई दर्जनभन्दा बढी राउण्ड अश्रुग्यास प्रहार गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दोहोरो झडपमा इलाका प्रहरी कार्यालय गरुडाका सहायक प्रहरी निरीक्षक विश्वनाथ यादवसहित तीन प्रहरी जवान घाइते भएको इलाका प्रहरीले जनाएको छ । अहिले सो क्षेत्र सामान्य भएको प्रहरीले जनाएको छ । गत एक हप्ता अगाडि…

Read More