Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सिद्धार्थ क्यापिटलको वार्षिक साधारण सभा यहि असोज २५ गते बस्ने गरी तय भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुनेछ। यस्तै, आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुने कम्पनीले जनाएको छ । सिद्धार्थले लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल गर्नेछ। साधारण सभा होटल शंकर, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

Read More

दमौली :प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट डाइजेपाम १०० थान, नुफिन १०० थान र फेनरागन १०० थान बरामद गरेको छ ।

Read More

थिम्पु, भुटान: भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ । नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २० मत ल्याई प्रथम स्थान ल्याउन सफल भएका छन् । नतिजाले सत्ताधारी दल पीडीपीले आगामी अक्टोबरमा हुने दोस्रो चरणमा भाग लिन पाउने छैन । प्रधानमन्त्री थोब्गेले ट्वीटरमा एक सन्देश लेख्दै जनताले प्रारम्भिक चरणमा दिएको मतदान आफ्नो दललाई स्वीकार्य भएको बताउनुभएको छ । उनले…

Read More

काठमाडौँ: बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्ष विपीन रावतले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो । नेपालले शुरुमा सैन्य अभ्यासमा सहभागि हुने जानकारी दिएपनि अन्त्यमा गएर सैन्य अभ्यासमा सहभागि नहुने घोषणा गरेपछि भारत नेपालसंग पुन एक पटक झस्किएको थियो । नेपालसंगै थाइल्यान्डले पनि सैन्य अभ्यासमा सहभागिता नजनाएपछि भारतीय संस्थापन पक्ष थप रुष्ट बनेको थियो । पूर्व…

Read More

काठमाडौं: भारतले विस्फोटक पदार्थ आयातमा लगाउँदै आएको अघोषित नाकाबन्दी फुकुवा गरेको समाचार आजको कारोबारमा छापिएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पठाएको पत्राचारबमोजिम विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध गराउन सहमत भएको हो । सोही सहमतिअनुसार पहिलो चरणमा भारतबाट ६ सय मेट्रिक टन भन्दा बढी कच्चा पदार्थ केही साताभित्रै नेपाल आइपुग्ने सैनिक उच्च अधिकारीले जानकारी दिए । पछिल्लो चार बर्षदेखि भारतले सेनाले मागेअनुसार बम गोलीगठ्ठा तथा अन्य घातक सैन्य सामाग्री बनाउन चाहिने कच्चा पदार्थ उपलब्ध गराएको छैन ।

Read More

मुस्ताङ : जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ । यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा पु¥याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन् । म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडाँै, चितवनलगायतका जिल्लाबाट आएर व्यापारीले बगँैचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेका छन्…

Read More

काठमाडौँ: वायुयान र पाइलटहरुको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडानमा लापरबाही देखिएको कारण जनाउँदै ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड गरेको छ । यीमध्ये नेपाल वायुसेवा निगमको एयरबसका क्याप्टेन सुवर्ण अवालेलाई आजीवन उडानमा रोक लगाउँदै ग्राउन्डेड गरिएको प्राधिकरण स्रोतले बताएको छ । क्याप्टेन अवालेलाई प्रहरीले ०७३ चैत्र २७ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो। ‘हवाई उडान जस्तो संवेदनशील काममा सरिक नगराउने गरी रोक लगाइएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘क्याप्टेन अवालेको घटनामा मन्त्रालयको आदेश अनुसार उनलाई सधैंका लागि ग्राउन्डेड गरिएको हो।’ उनी त्यस रात निगमको एयरबसमा काठमाडौंबाट दुबईको उडान गर्दै थिए। उक्त उडानको कमाण्डर पाइलट…

Read More

काठमाडौँ: विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दशैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । उनका अनुसार अब २—३ दिनभित्र हुने छलफललले सटही सुरु हुने दिन र तौरतारिका टुंगो लगाउने छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर 2 रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ मूल्य बढाएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए । परिबर्तित मूल्य सोमबार रातीदेखि लागु हुने उनले बताए । यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको उनले बताए । आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो।…

Read More

नेपालगञ्ज: राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताएका छन्। आज यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले भने, “हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।” अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर सङ्घीयता असफल पार्ने प्रयास गरेको आरोप लगाए। भेलामा पार्टीका कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी सङ्गठन, मुलुकको राजनीति र विकास निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।

Read More