काठमाडौँ: सेयर बजार घट्ने क्रम साताको अन्तिम कारोबारको दिन बिहिबार पनि जारी रह्यो । सेयर बजार परिसूचक (नेप्से) १० दशमलब ५६ अंकले घटेर एक हजार २६७ दशमलब १८ अंकमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार २२ दशमलब ३७ अंकले बढेको नेप्से परिसूचक बुधबार दुई दशमलब ३१ अंकले घटेको थियो
नेप्सेसंगै कारोवारमा पनि गिरावट आएको छ । आजको कारोवारमा होटल र उत्पादनमूलक समूहको परिसूचक बाहेक अन्य सबै परिसूचक घटेको छ ।
निर्जीवन बीमा समूहको परिसूचक ६७ दशमलब ०२ अंक र जीवन बीमा समूहको परिसूच २९ दशमलब ०७ अंकले घटेको छ भने बाणिज्य बैंक १२ दशमलब ५७ अंक, विकास बैंक ३ दशमलब ८५ अंक र जलबिधुत २१ दशमलब ६४ अंकले घटेको छ ।
यधपी, उत्पादन मूलक समूहको परिसूचक २६ दशमलब ४७ अंक र होटल समूह १३ दशमलब ०५ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ६ हजार ६५७ कारोबारबाट ५७ करोड ३८ लाख, २० हजार ९६६ रुपैयाँ बराबरका २१ लाख ९६ हजार ९२६ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
बुधबार नेप्सेमा १७१ कम्पनीहरुको ८ हजार ८९० कारोबारबाट ९० करोड ९९ लाख, १४ हजार ६२० रुपैयाँ बराबरका ४५ लाख ७७ हजार ९९३ कित्ता सेयरहरु खरिद बिक्री भएको थियो भने १७३ कम्पनीहरुको ९ हजार ७३० कारोबारबाट एक अर्ब ८१ करोड ६६ हजार २२२ रुपैयाँ बराबरका ४२ लाख ४२ हजार ६३३ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।