Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ढाका : नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराएका हुन् । शुक्रबार ढाकास्थित नेपाली दूतावासले गरेको कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, “विद्युत् खरिद गर्ने निर्णय भइसकेको र अहिले दुई पक्षबीच खरिद दरलगायत अन्य प्राविधिक पक्षमा छलफल भइरहेको यहाँका मन्त्रीले जानकारी दिए ।” जिएमआरले आयोजनाको विद्युत्…

Read More

काठमाडौँ: नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ । सैनिक मञ्च टुँडिखेलामा आज साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले उक्त इज्जत अर्पण कवाजको निरीक्षण समेत गरे । उनको सम्मानमा आयोजना गरिएको कवाज प्रदर्शनीमा शार्दुलजङ्ग गुल्म, राजदल गण, गोरखबहादुर गण, जगदल गण, गोरखकाली गण, क्याभलरी र सैनिक ब्याण्ड सैनिक टोली सहभागी थिए । सो अवसरमा राष्ट्रिय गीतका धुनका साथै नेपालको विभिन्न भेगको रहन सहन र वेषभूषा झल्कने गीत र नृत्य प्रस्तुत गरियो । प्रधानसेनापति क्षत्री शनिबारदेखि सेवा निवृत्त हुनेछन्। प्रधानसेनापति क्षत्री र उनकी धर्मपत्नीलाई सैनिक मञ्च टुँडिखेलबाट सैनिक मुख्यालयभित्र रहेको सभामण्डपसम्म बग्गीमा लगिएको…

Read More

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ को थालनी गरेको छ । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘हामी सबैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ को नारासहित सो कार्यक्रमको घोषणा गरेका हुन् । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको लागि दक्ष एवं सक्षम जनशक्ति आवश्यक पर्ने भन्दै उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग तथा विभिन्न क्षेत्रगत कार्य टोलीको सुझाव प्राप्त भएपछि सोको आधारमा नीति तथा कार्यक्रममा संशोधन गर्नुका साथै सोको मार्गनिर्देशनका आधारमा सरकारले कार्यान्वयन प्रक्रिया थप सुदृढीकरण गरिने जानकारी दिए । सुधार कार्यक्रममा बाल विकास…

Read More

काठमाडौँ: पथ प्रदर्शकको छाता सङ्गठन टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) ले टुरिष्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ । आज बसेको टुर्गान पदाधिकारीको आकस्मिक बैठकले टुरिष्ट गाइडले हाल खाइपाइ आएको पारिश्रमिकमा १ जनवरी २०१९ बाट लागू हुने गरी औषत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको टुर्गानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यटकलाइ दिने सेवासुविधाबापत टुरिस्ट गाइडले पाउने गरेको पारिश्रमिकलाई मध्यनजर गरी बढाउने निर्णय टुर्गानका अध्यक्ष केदार तामाङले बताए । उनले गाइड भनेका पर्यटकको पहिलो आधारशीला हुन्, त्यही भएर हाम्रो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ भने । टुर्गानका अनुसार देशको बढ्दो महँगी तथा समयानुकूल…

Read More

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्कालका लागि चिनी आयात रोकिने बताएका छन् । उखु उत्पादक किसान सङ्घ र चिनी मिलका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पाकिस्तानलगायत देशबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशी चिनीले प्रतिष्पर्धा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताए । प्रधानमन्त्री ओलीले नेपालको चिनी बिक्री नभएका कारण किसानले उखुको पैसा नपाएको गुनासो आइरहेको भन्दै नेपालमा चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्काललाई चिनी आयात रोकेपछि नेपालमा भएको चिनी बजारमा जान्छ र किसानले उखुको पैसा पनि पाउँछन् भने । “चिनी मात्र नभई आागमी मौसमदेखि उखु…

Read More

काठमाडौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको जानकारी दिए । विभागले यसअघि पनि गुणस्तरअनुरुप उत्पादन नगर्ने सिमेन्ट तथा छड उद्योगलाई कारवाही गरिसकेको छ । इजाजतपत्र रद्द गरेसँगै उद्योग सञ्चालन गर्न पाइँदैन । यस कम्पनीले मुख्यत हाल बजारमा ओम सिमेन्ट उत्पादन गरेर विक्री वितरण गर्दै आएको छ ।

Read More

काठमाडौँ :राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययनसहित जनतालाई सेवा दिएर कर लागू गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा जनतालाई समस्या नपर्ने गरी कर लगाउने कुरामा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका हुन् । उपाध्यक्ष कँडेलले सिन्धुली जिल्लामा निर्माण हुने ठूला राष्ट्रिय गौरवका आयोजनाको आजै निरीक्षण पनि गरेका छन् । सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्ग तथा विभिन्न पुलको निरीक्षण गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै शुरु गरेर सम्पन्न गरिनुपर्ने आवश्यकता औँल्याए । मध्यपहाडी लोकमार्गको हेटौँडा–चतराखण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै सम्पन्न…

Read More

मेलम्ची : नदीमा अनाधिकृत रुपमा बालुवालगायत नदीजन्यपदार्थ उत्खनन गर्ने क्रममा इलाका प्रहरी कार्यालय, मेलम्चीले विभिन्न स्थानबाट साउनयता नौ स्काभेटर नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, सात मिनी ट्रक र छ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाकाप्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बरामद गरिएका सवारी साधनलाई सम्बन्धित निकायमा थप कारवाहीका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्लले जानकारी दिए । यस्तै मानिस लगाई इन्द्रावती नदीबाट बालुवा निकाल्न लगाउने एक जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप लिई आवश्यक कारवाहीसमेत भइरहेको प्रहरीले जनाएको छ । यही भदौ ५ गते मेलम्ची नगरपालिका–१२ स्थित पाल्चोकी क्रसरको…

Read More

काठमाडौँ : कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर, मैले सकी नसकी छोरालाई निजी विद्यालयमा पैसा तिरेर पढाएको छु । यसको उपचार के हुन्छ ?” समाजवाद उन्मुख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा रहन नहुने जिकिर गर्दै आउनुभएका डा वाग्लेले निःशुल्क शिक्षाको अधिकार प्राप्तिका लागि कानूनी उपचारको बाटो रोज्न ती अभिभावकलाई सुझाव दिए । डा वाग्ले भने , “संविधानको मौलिक हकको कार्यान्वयनका लागि अभिभावकहरु यसरी नउत्रिएसम्म निजी विद्यालयको नाममा व्यापारीकरण रोकिनेवाला छैन ।” ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’…

Read More

जाजरकोट :बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो । खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ । पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगायत आसपासका क्षेत्रमा खाद्यान्न सङ्कट भएको बारेकोट गाउँपालिका घाटका नीमबहादुर सिंहले जानकारी दिए । “रित्तो हात फर्कनु परेको छ,” उनले भने । बारेकोट क्षत्रमा अहिले ढुवानी ठप्प छ । बजारमा समेत चामल अभाव छ । पुल निर्माण नभएसम्म खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । बजारमा अन्य दैनिक उपभोग्य सामग्रीको समेत अभाव भएको छ ।…

Read More