Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ । अचेल छडे जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भए/नभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट…
काठमाडौँ: सरकारले पुर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ । उनले केही दिनअघि एसियाली विकास बैङ्क एडीबीको वैकल्पिक कार्यकारी निर्देशकबाट सरकारले आफुलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिब्यक्त गरेका थिए । सरकारले सोही आधारमा पुर्वाग्राही भएर आफुले पाएको पदक खोसेको डा. सुवेदीले बताए । राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो, अब सुरक्षा माग्नुपर्ने अवस्था आयो, उनले भने, उनी एक बर्षअघि मुख्यसचिव छाडेर एडीबी गएका थिए ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।
काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न विभागले मोबाइल एप्स निर्माण गरेको हो । विभागले धुलिखेल नगरपालिकाको अनुरोधमा मोबाइल एप्स निर्माण गरेको थियो । उक्त एप्स सूचना सम्प्रेषणमा प्रभावकारी देखिएको भन्दै मन्त्रालयले अन्य स्थानीय तहलाई पनि प्रयोगका लागि अनुरोध गरेको हो । एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली (जीआईएस), जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण, सबै वडाहरुको…
काठमाडौँ :महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ । दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए । यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रेडपाण्डाको छालासहित पक्राउ यसैगरी परिसरले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पाँच थान रेडपाण्डाको…
काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आउँदो पाँच वर्षभित्र कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान दोब्बर बनाइने उद्घोष गरेकी छिन् । नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कुल ग्राहस्थ उत्पादनमा सहकारीको ४ दशमलव ५ प्रतिशत योगदानलाई आउँदो पाँच वर्षभित्र १० प्रतिशत बढाइने बताईन । सहकारीलाई राष्ट्रिय उत्पादनमा सामेल गराउन आवश्यक भइसकेको उनको भनाइ थियो । सहकारीमार्फत हिमाल, पहाड, तराईमा पाइलट प्रोजेक्ट सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । ‘सयौं विगाह जग्गा लिजमा लिएर सहकारीमार्फत सामूहिक खेति गरेर उत्पादन बढाउन सकिन्छ’ उनले भनिन् । राष्ट्रिय उत्पादनमा सहकारीको बलियो…
काठमाडौँ: महालक्ष्मी विकास बैंकले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पतालसँग एक सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठ उक्त पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवाशुल्कमा क्रमशः १२ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नु हुनेछ । बैंकले आफ्ना संस्थापक÷सेयरधनीहरुका…
चितवन: प्रहरीले आज अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको छ । नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो । नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई सो परिमाणको सुन चाँदीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । जिल्लाका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले पर्याप्त सुन नदिएको भन्दै आन्दोलन गरिरहेको बेला अवैध सुन चाँदी बरामद भएको हो ।
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का कर्मचारीलाई निजी संस्थाहरुको शेयरधनी नबन्न निर्देशन दिएय्का छन् । भक्तपुरस्थित परिषद्को आज अवलोकनका क्रममा मन्त्री पोखरेलले सिटिइभिटीलाई कर्मचारी सेवानिवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा सिटिइभिटीअन्तर्गतका निजी संस्थाका मालिक बन्ने गरेको आम जनताको आरोप हटाउने गरी काम गर्न निर्देशन दिए । उनले ९५ जना सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षाको सम्बन्धन दिने निर्णय कार्यान्वयन गर्न पनि आग्रह गरे । सिटिईभिटीमा ९३२ कर्मचारी छन् । त्यसमध्ये सयभन्दा धेरै उपसचिव र २० भन्दा बढी सहसचिव स्तरका जनशक्ति छन् । मन्त्री पोखरेलले कर्मचारी दरबन्दीका विषयमा पनि प्रश्न उठाएका थिए ।
काठमाडौँ: गत शनिबारदेखि प्राविधिक समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेशनको मर्मत सम्पन्न भएको छ । आज साँझ मर्मत कार्य सम्पन्न भएलगत्तै बालाजु क्षेत्रमा नियमित विद्युत् आपूर्ति शुरु भएको छ । सबस्टेशनमा रहेका दुई वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको थियो । सबस्टेशनको मर्मत सकिएको जानकारी दिँदै बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले समस्या समाधान भएको र विद्युत् नियमित भएको जानकारी दिए । ट्रान्सफर्मरमा समस्या देखिएपछि धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु र बालाजु औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्रमुख रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको र विद्युत्…
काठमाडौं : महिन्द्राले मंगलबार नयाँ मोडेलका म्याक्सिमो एचडी सिरिजका गाडीहरु बजारमा ल्याएको छ । यस गाडी दुगड ब्रदर्श एण्ड सन्सको आधिकारिक डिलरहरुमा उपलब्ध हुनेछन । महिन्द्रा एण्ड महिन्द्रा प्रा.लिले नयाँ मोडेलको म्याक्सिमो हेभी ड्युटी सिरिजका यी गाडीहरु दुगड ब्रदर्श एण्ड सन्सको साझेदारीमा सार्वजनिक गरिएको हो । थुप्रै नयाँ सुधार र फिचरका साथ सार्वजनिक गरिएको यस गाडीलाई कम्पनीले ‘प्रोफिट ट्रक’को रुपमा बुझ्न आफ्ना ग्राहकहरुलाई भनेको छ । आठ पत्ता सस्पेन्सन र ८५० केजी भारबहन गर्न सक्ने क्षमता तथा २६ एचपिको इन्जिन पावर रहेको र लामो दुरीमा यसलाई गुडाउन मिल्ने भएकोले अनि ग्राहकलाई आफ्नो व्यवसायबाट बढी आर्जन गर्न सक्ने बनाउने भएकोले यसलाई…