धनगढी: ‘नालायक नेतृत्वले लच्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एपसीलाई निलम्बन गरिएको हो, या घटनाले गम्भिर पाठ सिकाएको छ।
प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे।
निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।
‘महिला मामिलामा उनमा कमजोरी थियो’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।’
महिलाप्रहरीमाथि दुर्व्यवहार
निलम्बित एसपी बिष्ट दुइ वर्ष दार्चुलामा डीएसपीका रुमपा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ। बिष्ट २०६४ पुस ३० देखि ०६६ मङ्सिर २८गतेसम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए। उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भएपछी जिल्ला वाहिर तानिएको स्थानीय बताउँछन्।
बिष्ट जिल्लामा प्रहरी प्रमुख भएका बेला दुहु गाउँपालिका ३ को ब्रह्मदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो।
डोटीमा पनि चारित्रिक प्रश्न
०७२ सालमा प्रहरी नायव उपरीक्षकबाट बढुवा हुनेबितिकै डोटीमा प्रमुखका रुपमा आएका उनि विवादमा आइरहे। येप्सी बिष्टले म्यादी प्रहरीमा भर्ना हुन बड्डीकेदारबाट आएकी एक महिलालाई परीक्षामा आउने प्रश्न र उत्तरहरु फोनबाट लिक गरेका थिए।
३८ मिनेटसम्म राति फोन गरी प्रश्न लिक गरेको संचारकर्मीहरुले थाहा पाएपछि उनले महिलालाई ज्यान मार्ने धम्कि दिएका थिए। २०६३ सालमा जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुखका रुपमा कार्यरत रहंदा पनि बिष्टविरुद्ध क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा यौन दुर्व्यवहारको मुद्दा परेको थियोदुर्व्यवहार
यो समाचार आजको कान्तिपुर दैनिकमा पृष्ठ दुईमा प्रकाशित छ।